8 years ago
January 17, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकपको उद्घाटन खेल केही समयमा पोखरा रंगशालामा सुरु हुँदैछ । १५औ आहा रारा गोल्ड कपको उद्घाटन खेलमा आयोजक साहारा र सुदूरपश्चिम फुटबल क्लब उत्रदैछन् ।
१२ टोलीको सहभागिता रहेको प्रतियो.गिताको विजेताले बिजेताले ५ लाख १ हजार १ रुपैयाँ तथा दोस्रो हुने टोलीले २ लाख ५१ हजार १ रुपैयाँ पाउनेछन् ।
प्रतियोगितको पहिलो चरणका लागि ६० , क्वार्टरफाइनल र सेमिफाइनल खेलका लागि १ सय २० तथा फाइनलका लागि १ सय ५० रुपैयाँ टिकट दर तोएिको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक आहा तथा रारा चाउचाउ हो भ्घाटने माईक्रो म्यास्क मोबाइल र रेडबुल उप प्रायोजक तथा नेपाल टेलिकम सह उप प्रायोजक हो ।
उद्घाटन खेलमा भिड्ने दुई टोलीबाहेक धरान फुटबल क्लब , एपिएफ , एएनए युएसए फुटबल टिम , रमपम झापा ११ , संकटा क्लब , नेपाल पुलिस क्लब , युनाइटेड सिकिम फुटबल क्लबा ९भारत०, लक्ष्मी ह्युन्डाइ मनाङ मस्र्याङ्दी क्लब , त्रिभुवन आर्मी क्लब , फारेसगंज (बाङ्लादेश) गरेर १२ टोली सहभागिता रहेको छ ।
उदघाटन खेल फिफा रेफ्री सुदीश पाण्डेले खेलाउँदैछन् । प्रतियोगिता माघ १५ सम्म चल्नेछ ।
November 16, 2024
एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]
November 16, 2024
एजेन्सी – क्रिस्टियानो रोनाल्डोको २ गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहँदै क्वाटरफाइनल पुगेको पोर्चुगलले शुक्रवार पोल्यान्डलाई ५-१ ले हरायो । मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोबाहेक राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे । पोर्चुगल लिग ए को समूह १ मा ५ खेलमा […]
November 15, 2024
एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]