default_image

1 year ago

September 5, 2023

रामोस पुर्व क्लब फर्किए

2501 views

0 Bookmark

एजेन्सी – स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस १८ वर्षपछि आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् । ३७ वर्षीय रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट फ्रि ट्रान्सफरमा स्पेनिस क्लब सेभियामा पुगेका हुन् ।

उनले सेभियामा १ वर्षको सम्झौता गरेका छन् । रियलमा १८ वर्षको बसाईपछि उनी २०२१ मा पिएसजी पुगेका थिए । पिएसजीमा दुई सिजन बिताएपछि उनी फ्रि एजेन्ट बनेका थिए । पिएसजीले उनको सम्झौतालाई नविकरण गरेन ।

सन् २००५ मा स्पेनिस महारथी क्लब रियल म्याड्रिडमा जानुअघि रामोसले सेभियाबाटै खेल र व्यवसायिक खेल करिअर सुरुवात गरेका थिए । उनी सेभिलमा हुर्र्किएको र सात वर्षको उमेरमा क्लबको एकेडेमीमा सामेल भएका थिए ।

२००५ मा रियल जानुअघि उनले सेभियाबाट ५० खेल खेलेका थिए । रियलमा १६ सिजनमा उनले ६७१ खेल खेल्दा २२ ट्रफी जित्न सफल भएका थिए । २०२१ मा रियलसँगको सम्झौता सकिएपछि पीएसजीमा सामेल भएका थिए । त्यहाँ उनले दुई सिजन बिताउँदा ट्रफी पनि जित्न सफल भएका छन् ।

‘यो एक धेरै विशेष दिन हो, घर फर्कनु सधैं एक ठूलो आनन्द हो ।’ सेभिया फर्केका रामोसले भने, ‘म फर्केर आउन पाउँदा खुसी छु र राम्रो प्रयास गर्छु, जुन महत्ववपूर्ण कुरा हो ।’ रामोसले ५ ला लिगा, समान ४ च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र स्पेनिस सुपर कोपा, ३ युइएफए सुपर कप, समान २ कोपा डेल रे र फ्रेन्च लिग वान र एक ट्रफी डेस च्याम्पियन्स जितेका छन् ।

रामोसले स्पेनसँग एक विश्व कप र दुई युरोपेली च्याम्पियनसिप जितेका छन् । १६ वर्ष स्पेनबाट खेलेका उनले कीर्तिमानी १८० क्याप जितेका छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.