default_image

8 years ago

January 16, 2017

चेल्सीका कोष्टा एक्लै प्रशिक्षण गर्न बाध्य

71 views

0 Bookmark

लन्डन (एजेन्सी) – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेसंग खटपट परेपछि टोलीबाट हटाईएका ब्राजिलियन स्ट्राइकर डिएगो कोष्टाले आज चेल्सीको प्रशिक्षण मैदान कब्ह्याममा एक्लै प्रशिक्षण गरेका छन्।

costa-alone

चिनबाट ठुलो रकमको प्रस्ताव आएपश्चात कोष्टा र कोन्टेबीच खटपट परेको थियो र त्यसकै फलस्वरूप प्रशिक्षक कोन्टेले स्ट्राइकरलाइ लेष्टरविरुद्धको खेलमा टोलीमा राखेका थिएनन्। हालपनि मुख्य टोलीसंग प्रशिक्षण गर्न नदिइएकोले कोष्टाले आफु एक्लै प्रशिक्षणमा उत्रिएका थिए।

सोमबार बिहान पानी परिरहेको अवस्थामा उनलाई चेल्सीका एक प्रशिक्षकले प्रशिक्षण अवधिभर हेरेका थिए। डिएगो आफैंले बल बोकेर आएका थिए र फ्रिकिकको लागि वाल पनि आफैं सारेका थिए।

यसैबीच चेल्सीका मालिक रोमन अब्रामोविचले भने स्ट्राइकर डिएगोलाई प्रशिक्षकसंग माफी मागेर टोलीमा फर्किन निर्देशन दिएका छन्। यस बिषयमा कोन्टे र कोष्टाले भने केहि प्रतिक्रिया दिएका छैनन्।

September 21, 2024

महिला लिग – पुलिस र वालिङ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिग,मा अपराजित विभागीय टोली नेपाल पुलिस क्लबले शनिवार वालिङ नगरपालिकासँग खेल्दैछ । लिगमा शनिवार हुने दोस्रो खेलमा पुलिस र वालिङ खेल्दैछन् । दशरथ रंगशालामा खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । पुलिस र वालिङको समान ६ खेलमा समान १२ अंक छ । गोलअन्तरले। पुलिस तेस्रो र वालिङ चौथो स्थानमा […]

September 21, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । चौथो खेलमा दोस्रो जित निकाल्नेक्रममा नासरले शुक्रवार अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गर्यो । नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, एन्डसन टलिस्का र सलिम अलनाज्दिले समान १ गोल गरे । नासरका लागि रोनाल्डोले ३३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । […]

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

Success

Thank you for your time.