default_image

1 year ago

September 2, 2023

पोर्चुगलका क्यान्सेलो र फेलिक्स बार्सिलोनामा

1596 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले ट्रान्सफर विन्डोको अन्तिम दिनमा दुई स्टार पोर्चुगिज खेलाडी भित्र्याएको छ ।

स्पेनिस च्याम्पियन बार्सिलोनाले फरवार्ड जोआओ फेलिक्स र राइट-ब्याक जोआओ क्यान्सेलो लाई एक सिजन लामो लोन सम्झौता गर्दै अनुबन्ध गरेको हो ।

स्पेनिस क्लब एटलेटिको म्याड्रिडमा रहेका फेलिक्सले क्लबमा विवाद भएपछि गत सिजनको दोस्रो भाग इंग्लिश क्लब चेल्सीमा लोनमा बिताएका थिए । यस सिजन फेरि स्पेन फर्किएका उनले केही महिना अगाडि बार्सिलोना आउने ईच्छा सार्वजनिक रूपमा नै व्यक्त गरेका थिए ।

फेलिक्सलाई भित्र्याउन आर्थिक भार परेको बार्सिलोनाले अन्सु फाटीलाई एक सिजनका लागि इंग्लिश क्लब ब्राइटन पठाएको छ ।

यस्तै अर्का पोर्चुगिज खेलाडी जोआओ क्यान्सेलो पनि एक सिजनको लोन सम्झौतामा बार्सिलोना भित्रिएका छन् । म्यान्चेस्टर सिटीमा रहेका उनले पनि विवाद पश्चात गत सिजन बायर्न म्युनिखमा लोन सम्झौतामा बिताएका थिए ।

२०१६ मा ड्यानी अल्भेसले क्लब छोडेपछि बार्सिलोनाले राइट-ब्याक पोजिसनमा एकरुपता पाएको छैन । तर क्यान्सेलोले हस्ताक्षर गरेपछि जुन गुणस्तरको अभाव थियो त्यो समस्या अब नआउने विश्वास रहेको छ ।

यी दुई बाहेक आर्थिक पक्षले मारमा परेको बार्सिलोनाले यसै सिजन इल्काए गुन्डोगन, ओरियोल रोमेउ र इनिगो मार्टिनेजलाई समेत अनुबन्ध गरिसकेको छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.