default_image

1 year ago

August 31, 2023

बार्सिलोनाका फाती ब्राइटन जाने

1787 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्पेनिस युवा फरवार्ड अन्सु फाती इंग्लिस क्लब ब्राइटन होव अल्वियोनमा जाने भएका छन् ।

बार्सिलोनाले आश्चर्यचकित रुपमा स्टार खेलाडीको रुपमा हेरिएको युवा फरवार्ड फातीलाई एक सिजनको लागि लोनमा पठाउन सहमत भएको बुझिएको छ ।

चोट र खराव फर्मका कारण फाती पछिल्लो समयमा पहिलो रोजाईमा पर्न सकेका थिएनन् । बार्सिलोनाको अग्रपङ्ति राम्रो हुँदा फातीलाई बेचेर बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर जोआओ क्यान्सेलोलाई अनुबन्ध गर्ने योजना बनाएको छ । फाती ब्राइटन जाने भएसँगै अब बार्सिलोनाले क्यान्सेलोको लागि प्रयास थाल्नेछ ।

सम्झौतामा २० वर्षीय फातीलाई ब्राइटनमा स्थायी खेलाडी बनाउने उल्लेख छैन । उनी एक सिजनपछि नै बार्सिलोना फर्कनेछ । सन् २०१९ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्दा फाती १६ वर्षको रहेको थियो । उनी बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्ने दोस्रो कान्छो खेलाडी हुन् ।

फातीलाई क्लबका लेजेन्ड अर्जेन्टिनी लियोनेल मेस्सीको उत्तराधिकारीको रुपमा हेरिएको थियो । उनलाई १० नम्वरको जर्सीसमेत प्रदान गरिएको थियो ।

इंग्लिस क्लब टोटेनहम हटस्पर पनि फाती अनुबन्धमा जोडिएपनि उनी प्रशिक्षक रोबर्टो डे जर्बीको नेतृत्वमा ब्राइटनको खेल शैलीबाट प्रभावित भएर त्यही गएको अनुमान गर्न सकिन्छ ।

यदि सम्झौता योजना अनुसार अघि बढेमा ब्राइटनका लागि यो ठूलो सम्झौता हुनेछ । यो सिजन ब्राइटनले युरोपियन फुटबल (युरोपा लिग) खेल्दैछ ।

गिनी बिसाउमा जन्मेका तर गत वर्ष स्पेनको प्रतिनिधित्व गर्ने र गत वर्षको विश्वकप टोलीको हिस्सा भएका फातीलाई भविष्यको स्टार खेलाडीको रुपमा हेरिएको छ । सन् २०२१ मा बार्सिलोनासँग २०२७ सम्मको सम्झौता गरेका फातीको रिलिज क्लज १ बिलियन युरो रहेको छ ।

बार्सिलोनामा ५ सिजन बिताएका फातीले ११२ खेलमा २९ गोल गरेका छन् । २०२० देखि स्पेनको टोलीमा रहेका उनले ९ क्याप जित्दा २ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.