default_image

1 year ago

August 27, 2023

न्युनेज चम्कँदा लिभरपुलको अप्रत्याशित जित

776 views

0 Bookmark

एजेन्सी – उरुग्वेका फरवार्ड डार्विन न्युनेजले बेन्चबाट आएर सानदार प्रदर्शन गर्दा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार न्युकासल युनाइटेडमाथि अप्रत्याशित जित दर्ता गरेको छ ।

न्युकासलको घरेलु मैदानमा लिभरपुलले २-१ को जित निकालेको हो । पहिलो हाफमै १-० ले पछि पर्दा कप्तान भर्जिल भान डाइकलाई रातो कार्डका कारण गुमाएको लिभरपुलका लागि न्युनेजले अन्त्यतिर दुई गोल गर्दै जित दिलाए ।

२५ औं मिनेटमा एन्थोनी गोर्डनले घरेलु टोलीलाई अघि बढाएका थिए । लिभरपुलका उपकप्तान ट्रेन्ट एलेक्जेन्डर आर्नल्डले मिडफिल्डमा दिएको ब्याक पास रोक्न नसक्दा गोर्डनले उक्त बललाई पेनाल्टी क्षेत्र भित्र लगेर गोल गरे ।

त्यसको ३ मिनेटपछि कप्तान भान डाइक रातो कार्ड खाँदै बाहिरीए । पेनाल्टी क्षेत्रको ठिक बाहिर एलेक्जेन्डर इसाकलाई लडाएपछि रेफ्रीले उनलाई लिभरपुल करिअरको पहिलो रातो कार्ड दिए ।

दोस्रो हाफमा पनि न्युकासलले लगातार दबाब कायम गर्यो । तर गोलरक्षक एलिसनले आधा दर्जन बचाउ गर्दै खेलमा लिभरपुललाई कायम राखे । ७७ औं मिनेटमा प्रशिक्षक योर्गेन क्लोपले मिडफिल्डर एलेक्सिस म्याकएलिस्टरलाई निकालेर न्युनेजलाई पठाउने निर्णय खेल बदल्न निर्णायक बन्यो ।

८२ औं मिनेटमा न्युनेजले पेनाल्टी क्षेत्र भित्र उत्कृष्ट फिनिस गर्दै खेल बराबरीमा ल्याए । इन्ज्युरी समयको तेस्रो मिनेटमा न्युकासलका मिडफिल्डरले दिएको फितलो पासलाई मोहमद सलाहले भेटे । उनले न्युनेजलाई अघिल्लो गोलजस्तै अवस्थामा बल दिँदा न्युनेजले पुन: गोल गर्न गल्ती गरेनन् ।

यस जितसँगै लिभरपुलको ३ खेल ७ अंक भएको छ । न्युकासल भने ३ खेलमा ३ अंकसाथ १३ औं स्थानमा छ ।

आजै भएको पहिलो खेलमा म्यानचेस्टर सिटीले पनि अन्तिम समयमा गोल गर्दै सेफिल्ड युनाइटेडलाई २-१ ले हराएको थियो । त्यस्तै एस्टन भिल्लाले बर्नलीलाई ३-१ ले पराजित गर्यो ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.