default_image

1 year ago

August 27, 2023

म्यानचेस्टर सिटीको रोमान्चक जित

1503 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले आइतबारको खेलमा सेफिल्ड युनाइटेडविरुद्ध रोमान्चक जित दर्ता गरेको छ ।

सेफिल्डको घरेलु मैदानमा फरवार्ड एर्लीङ हालान्ड पहिलो हाफमा पेनाल्टीमा चुक्दै संघर्ष गरेपनि सिटी २-१ को जित निकाल्न सफल रह्यो । सिटीको जितमा हालान्ड र रोड्रीले १-१ गोल गरे । सेफिल्डका लागि जेडन बोगलले बराबरी गोल फर्काएपनि अंक जोड्न पर्याप्त रहेन ।

सिटीले खेलको सुरुवातदेखि आक्रमण बुन्दै घरेलु टोलीलाई दबाबमा राखेपनि गोल गर्न निकै संघर्ष गर्नुपर्यो । ३७ औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पाएपनि हालान्डले त्यसको उपयोग गर्न सकेनन् । उनको पेनाल्टी पोस्टमा लागेर फर्किएको थियो ।

दोस्रो हाफमा सिटीले हालान्डकै गोलमा अग्रता लियो । ज्याक ग्रिलिसको क्रसमा हालान्डले फार पोस्टमा हेडरमर्फात गोल गरे ।

८३ औं मिनेटमा घरेलु टोलीले गोल फर्कायो । सेफिल्डकै पुर्व खेलाडी काइल वाल्करको गल्तीमा बोगलले गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर ८९ औं मिनेटमा रोड्रीले सिटीलाई अघि बढाए । क्रसमा आएको बल फिल फोडेनले रोक्न नसकेपछि फुस्केको बललाई रोड्रीले पेनाल्टी क्षेत्र भित्रबाट टप कर्नरमा फिनिस गरेका थिए ।

यससँगै सिटीले लिगमा शत प्रतिशत जितको सिलसिला कायम राख्दै शीर्षस्थानमा उक्लिएको छ । सिटीको ३ खेलमा ९ अंक छ ।

अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई ३-१ ले हरायो । म्याटी क्यासले २ तथा मौसा डियाबीले १ गोल गरेपछि भिल्ला दोस्रो जित दर्ता गर्न सफल रहयो ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.