default_image

1 year ago

August 26, 2023

आर्सनल फुल्हमसँग बराबरीमा रोकियो

620 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार फुल्हमसँग २-२ को बराबरी खेलेको छ । घरेलु मैदानमा आर्सनल सुरुवातमा पछि परेको अवस्थाबाट पुनरागमन गरेपनि जित दर्ता गर्न भने सकेन ।

खेलको पहिलो मिनेटमा आन्द्रियास परेराले गोल गर्दै फूलहमलाई अग्रता दिलाए । उनले गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए । त्यसपछि खेलमा पकड जमाएपनि आर्सनललाई खेलमा गोल गर्न दोस्रो हाफ कुर्नुपरेको थियो ।

टेटेले फाबियो भिएरालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि आर्सनलले पेनाल्टी मार्फत अग्रता लिने मौका पाएको थियो । बुकायो साकाले त्यसको सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको दुई मिनेट पछि भिएराको असिस्टमा एडी एन्केटियाले गोल गर्दै खेलमा आर्सनललाई अग्रता दिलाएका थिए ।

८३औं मिनेटमा फुलहमका क्यालभिन बास्सी दोहोरो पहेंलो कार्ड पाउँदै मैदान बाट बाहिरिएका थिए । तर त्यसले फुलहमलाई बराबरी गर्नबाट रोकेन । ८७औं मिनेटमा जोआओ पाल्हिन्याले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले ह्यारीसन् रिडको असिस्टमा गोल गरेका थिए ।

आर्सनलले तीन खेलमा हारबिहिन रहँदै सात अंक जोडेको छ भने फुलहमको तीन खेलमा चार अंक पुगेको छ ।

आजै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले चौथो मिनेटमा २-० ले पछि रहेको स्थितिबाट फर्कंदै जित हासिल गर्यो ।

वुल्भ्सले एभर्टनलाई ८७औं मिनेटमा एकमात्र गोल गर्दै हरायो । सासा कालाजेजीचले गोल गर्दै वुल्भ्सलाई तीन अंक दिलाएका हुन् । वुल्भ्सले सिजनको पहिलो अंक जोड्दा एभर्टन भने अंकविहिन रहेको छ।

आज भएको पाँचौं खेल्न ब्रेन्टफर्ड र क्रिस्टल प्यालेसले १-१ गोलको बराबरी गर्दै अंक बाँडे । ब्रेन्टफर्डका लागि केभिन शाडले गोल गरे भने प्यालेसको लागि ज्वाकीम एन्डरसनले गोल गरे ।

आज भएको पहिलो खेलमा टोटेनहमले बर्नमाउथलाई २-० ले हराएको थियो । आजै राति १०:१५ बजे ब्राइटनले वेस्ट ह्यामको समान गर्दैछ ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.