1 year ago
August 26, 2023
एजेन्सी – म्यानचेस्टर युनाइटेडले खेलमा पछि परेको अवस्था उल्ट्याउँदै इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ ।
दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा सिमित नटिङघम फरेस्टलाई ३-२ ले पराजित गर्दा आर्सनलले १० जनामा सिमित फुलहमसँग २-२ को बराबरी खेल्यो ।
म्यानचेस्टर युनाइटेडको जितमा क्रिस्टियन एरिक्सन, क्यासेमिरो र ब्रुनो फर्नान्डेसले गोल गरे भने फरेस्टमा लागि ताइवो अवोनियी र विली बोलीले १-१ गोल गरे ।
म्यानचेस्टर युनाइटेडले खेलको पहिलो चार मिनेट भित्र नै दुई गोल खान पुगेको थियो । खेलको दोस्रो मिनेटमा नै फरेस्टका ताइवो अवोनियीले काउन्टर अट्याकमा युनाइटेड गोलरक्षक आन्द्रे ओनानालाई परास्त पारेका थिए । त्यसको दुई मिनेट पश्चात विली बोलीले हेड मार्फत गोल गर्दै फरेस्टलाई २-० को अग्रता दिलाए ।
तर युनाइटेड त्यसपछि तीन गोल फर्काउदै खेलमा जीत निकाल्न सफल भयो । खेलको १७औं मिनेटमा मार्कस रासफर्डको असिस्टमा क्रिस्टियन एरिक्सनले गोल गर्दै खेलमा फर्काए । दोस्रो हाफको सातौं मिनेटमा क्यासेमिरोले फर्नान्डेसको पासमा सहज गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
६७ औं मिनेटमा फरेस्टका जो वोरल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि फरेस्टले खेलमा लय गुमाउन थाल्यो । फरेस्टका ड्यानिलोले रासफर्डलागि डी-बक्स भित्र फाउल गरेपछि युनाइटेडले पेनाल्टीमा अवसर प्राप्त गरेको थियो । फर्नान्डेसले उक्त पेनाल्टीमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। अन्त्यमा त्यही गोल जीतका लागि पर्याप्त रह्यो ।
जितपछि युनाइटेडको तीन खेलमा दुई जीत र एक हार सँगै ६ अंक पुगेको छ भने फरेस्टको समान खेलमा तीन अंक रहेको छ ।
त्यस्तै अर्को खेल्न आर्सनलले फूलहमसँग २-२ को बराबरी खेल्दा वुल्भ्सले एभर्टनलाई ८७औं मिनेटमा एकमात्र गोल गर्दै हरायो । सासा कालाजेजीचले गोल गर्दै वुल्भ्सलाई तीन अंक दिलाएका हुन् । वुल्भ्सले सिजनको पहिलो अंक जोड्दा एभर्टन भने अंकविहिन रहेको छ।
आज भएको पाँचौं खेल्न ब्रेन्टफर्ड र क्रिस्टल प्यालेसले १-१ गोलको बराबरी गर्दै अंक बाँडे । ब्रेन्टफर्डका लागि केभिन शाडले गोल गरे भने प्यालेसको लागि ज्वाकीम एन्डरसनले गोल गरे ।
आज भएको पहिलो खेलमा टोटेनहमले बर्नमाउथलाई २-० ले हराएको थियो । आजै राति १०:१५ बजे ब्राइटनले वेस्ट ह्यामको समान गर्दैछ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]