1 year ago
August 26, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा टोटेनहम हट्सपरले बर्नमाउथलाई पराजित गरेको छ ।
बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा टोटेनहमले २-० को जित दर्ता गरेको हो । टोटेनहमको जितमा जेम्स म्याडिसन र डेजान कुलुसेभस्कीले १-१ गोल गरे । खेल अवधिभर टोटेनहम नै हावी रहेको थियो ।
खेलको १४औं मिनेटमा म्याडिसनको प्रहार बर्नमाउथका ब्राजिलियन गोलकिपर नेटोले राम्रो बचाउ गरे । तर त्यसको तीन मिनेट पछि नै उनले अग्रता दिलाए ।
म्याडिसनले खेलको १७औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पापे साररे डिफेन्स चिरेर दिएको पासलाई सदुपयोग गर्दै उनले बललाई गोलपोस्टको दिशा देखाएका थिए ।
२३औं मिनेटमा सारको सट नेटोले सजिलै समाते । ३६औं मिनेटमा रिचार्लिसनले गोल गर्ने सुन्दर मौका खेर फाले । उनले सट लिन ढिला गरेपछि रथवेलले ट्याकल गर्दै बचाए ।
बर्नमाउथको पहिलो उल्लेखनीय अवसर खेलको ४१औं मिनेटमा मात्र आयो । सेमेन्योको बक्स भित्र बाट लिएको सट स्पर्स गोलरक्षक भिकरियोले सेभ गरेका थिए । पहिलो हाफमा थप गरिएको समयमा फिलिप बिलिङले लिएको सट पोस्टको केही टाढाबाट बाहिरियो ।
५७औं मिनेटमा समेन्योको अर्को प्रहार पनि गोलतर्फ जान सकेन । बर्नमाउथले अवसरहरू सदुपयोग गर्न नसक्दा स्पर्सले अग्रता दोब्बर बनायो । कुलुसेभस्कीले ६३औं मिनेटमा स्पर्स दोस्रो गोल गरे । उनले पोस्टको नजिकबाट ईएनोमा उडोगीको पासमा गोल गरेका थिए।
खेलको अन्त्य तिर बेन डेविस सामु थप एक गोल गर्न अवसर आएको थियो यता उनको प्रहार पोस्ट माथि बाट बाहिरियो ।
यस जित पश्चात टोटेनहम तीन खेल बाट सात अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । बर्नमाउथ भने तीन खेलमा एक अंक सहित १५औं स्थानमा छ ।
आज प्रिमियर लिगमा थप पाँच खेल हुँदैछ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]