default_image

1 year ago

August 22, 2023

हारका बाबजुद साम्बा सम्मिलित रानाना सेमिफाइनलमा

11989 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब सोमबारको खेलमा हार बेहोरेपनि एथेना कपको सेमिफाइनलमा पुगेको छ ।

सोमबार भएको खेलमा हापोएल कातामोनसँग ६-० को फराकिलो हार बेहोरेपनि रानाना समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघिको खेलमा साम्बाले १ गोल र १ असिस्ट गर्दा रानानाले हादेरालाई २-० ले हराएको थियो । त्यसअघिको खेलमा भने विपक्षी टोली अनुपस्थित रहँदा रानानाले वाकओभर पाएको थियो ।

दुवै समूहमा ४-४ टोली रहेको अवस्थामा अब रानानाले समूह बी को विजेतासँग सेमिफाइनलमा खेल्नेछ । अर्को समूहमा साविक विजेता किर्यात गाट बलियो चुनौती पेश गरिरहेको छ । समूह ए बाट हापोएल कातामोन समूह विजेता बन्दै अघि बढेको हो ।

रानानाको सेमिफाइनल खेल विहीबार हुनेछ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.