1 year ago
August 20, 2023
हिमाल खरेल, बिर्तामोड
झापाको बिर्तामोड २ स्थित बेलडाँगीमा ‘दोस्रो एकता स्पोर्टिङ गोल्डकप २०८०’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।वीर अमरसिंह माध्यमिक विद्यालयको मैदानमा असोज २५ गते देखि कात्तिक ३ गतेसम्म जिल्लास्तरीय खुला फुटबल प्रतियोगिता हुने भएको हो ।
एकता स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा झापाका ८ वटा टोलीको सहभागिता रहने संस्थाका अध्यक्ष किरण पौडेलले जानकारी दिए । प्रतियोगिताको लागि राजगढ फुटबल क्लब, जलथल फुटबल क्लब, बिर्तामोड युनाइटेड, एकता स्पोर्टिङ क्लब, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, दमक फुटबल क्लब, बुट्टाबारी फुटबल क्लब र भद्रपुर फुटबल क्लबको सहभागिता रहने संस्थाका प्राविधिक संयोजक माधव खरेलले बताए ।
प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलमा प्लेयर अफ द म्याच खेलाडीलाई १ हजार रुपैयाँ दिइनेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र प्रशिक्षाकले २ हजार रुपैयाँ पाउने छन् ।
२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण दिदै आएको छ ।
१२ वर्ष मुनिका बालबालिकालाई फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको क्लबका सदस्य रमेश उप्रेतीले बताए ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]