default_image

1 year ago

August 20, 2023

रियलको जितमा बेलिंघम नायक

2095 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले अल्मेरियाविरुद्ध जित हासिल गरेको छ ।

रियलले अल्मेरिया लाई ३-१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा दुई गोल जुड बेलिंघमले गरे भने भिनिसियस जुनिअरले एक गोल थपे । अल्मेरियाका लागि भने सर्जियो आरिबासले एक गोल गरे । उनी रियलकै पुर्व खेलाडी हुन् ।

खेलको सुरुवाती अग्रता भने अल्मेरियाले तेस्रो मिनेटमै लिएको थियो । लेफ्ट विङ्गबाट आएको क्रसमा हेडमार्फत गोल गर्दै आरिबासले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर रियलले पुनरागमन गर्न सफल भयो ।

बेलिंघमले १९औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । डानी कार्भाहालले गरेको क्रसमा टोनी क्रुसले गरेको हेडर बेलिंघमको सामु आएपछि उनले बललाई सहजै गोलको दिशा देखाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा क्रुसले गरेको गोल फाउल करार भएपछि रियल अग्रता लिन बाट चुक्यो । तर खेलको ६०औ मिनेटमा क्रुसकै क्रसमा हेडरमार्फत गोल गर्दै बेलिंघमले रियललाई अग्रता दिलाए । त्यसपश्चात खेलको ७३औं मिनेटमा बेलिंघमको पासमा भिनिसियसले गोल गर्दै अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे ।

यस खेलमा गोल गरेसंगै बेलिंघमले आफ्नो नयाँ क्लबका लागि पहिलो दुई खेलमै गोल गरेका छन् । उनी रियलका लागि पहिलो दुई खेलमा गोल गर्ने क्रिस्टियानो रोनाल्डो पछिका पहिलो खेलाडी बनेका छन्। यो रियलको यस सिजनको लगातार दोस्रो जित हो ।

सिजनको पहिलो खेलमा रियलले एथ्लेटिक बिलबाओ लाई २-० ले हराएको थियो । उता अल्मेरियाको भने यो लगातार दोस्रो हार हो । अल्मेरिया पछिल्लो खेलमा रायो भालेकानो संग २-० ले पराजित भएको थियो ।

ला लिगामा आइतबार राति ११:१५ बजे रियलको चिर प्रतिद्वन्दी बार्सिलोनाले काडिजको सामना गर्ने छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.