default_image

1 year ago

August 19, 2023

अष्ट्रेलियालाई हराएर स्वीडेन तेस्रो

1422 views

0 Bookmark

ब्रिसवन । सह–आयोजक अष्ट्रेलियामाथि सहज जित दर्ता गर्दै स्वीडेनले फिफा महिला विश्वकप फुटबल २०२३ मा तेस्रो स्थान हासिल गरेको छ ।

ब्रिसवनमा शनिबार अष्ट्रेलियालाई २–० ले पराजित गर्दै स्वीडेनले तेस्रो स्थान हासिल गरेको हो । स्वीडेनको सहज जितमा फ्रिडोलिना रोल्फो र कोसोभारे एस्लानीले गोल गरिन् ।

प्रतिस्पर्धात्मक खेलको ३०औं मिनेटमा रोल्फोको पेनाल्टी गोलबाट स्वीडेनले सुरुवाती अग्रता लिन सफल भएको थियो । क्लेएर पोल्किङहोर्नेले पेनाल्टी बक्समा स्टिना ब्ल्याक स्टेनिअसलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै स्वीडेनलाई पेनाल्टी प्रदान गर्दा रोल्फो चुकिनन् ।

पेनाल्टी पाउनु अघिको मुभमा रोल्फोको फ्लिक हेडर बारमा लाग्दै फर्किएको थियो । त्यसपछि रेफ्रीले भिएआरको सहायता लिएको थियो ।

६२औं मिनेटमा कोसोभारे एस्लानीले गोल गर्दै स्वीडेनको जित पक्का गरिन् । उनले स्टिनाको पासमा गोल गर्न सफल भइन् । यस जितसँगै स्वीडेनले पछिल्लोपटक १२ नोभेम्वर २०२२ मा भएको मैत्रीपूर्ण खेलमा भोगेको ४–० को हारको बदला लिएको छ ।

यस नतिजासँगै स्वीडेन चौथोपटक तेस्रो भएको छ । यसअघि स्वीडेन गत संस्करण सन् (२०१९) १९९१ र २०११ मा सेमिफाइनलबाट बाहिरिदा तीनैपल्ट तेस्रो भएको थियो ।

यसपटकको फाइनलमा इंग्ल्यान्ड र स्पेनबीच आइतबार प्रतिस्पर्धा हुँदैछ । यो खेल स्टेडियम अष्ट्रेलिया सिड्नीमा हुनेछ । स्पेनले स्वीडेनलाई २–१ ले तथा इंग्ल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा स्थान सुरक्षित गरेको छ ।

नवौं संस्करणको विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । दुई पटकको च्याम्पियन जर्मनी समूह चरण, चारपल्टको च्याम्पियन अमेरिका र एक पालीको च्याम्पियन नर्वे प्रि–क्वाटरफाइनलबाट तथा एक पल्टको जापान क्वाटरफाइनलबाट बाहिरिसकेको छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.