default_image

1 year ago

August 17, 2023

साउदी लिगका स्टार भारत आउने सम्भावना

8564 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरबको लिगमा युरोपेली स्टारको आगमनले देशको फुटबलमा क्रान्ति नै ल्याएको छ । साउदीको यो प्रयासले अब एसियाली महादेशमा रहेका अन्य राष्ट्रलाई पनि सहयोग पुग्ने देखिन्छ ।

एसियाको अन्तर महादेशीय क्लब प्रतियोगिता, एसियाली च्याम्पियन्स लिग र एएफसी कपमा साउदी क्लबले पनि सहभागिता जनाउँदै आएका छन् । यस्तोमा दक्षिण एसियाली क्लबले पनि साउदी अरबको क्लबविरुद्ध खेल्ने समीकरण बन्न सक्छ ।

भारतको प्रतिनिधित्व गर्दै मुम्बई सिटी फुटबल क्लब यस सिजन च्याम्पियन्स लिगको लागि छनोट भइसकेको छ । प्लेअफबाट बसुन्धरा किंग्सले भने जित हासिल गर्न नसक्दा एएफसी कप खेल्नुपर्यो । तर यसका बाबजुद साउदी क्लबका स्टार भारत आउने सम्भावना भने जीवित छ ।

च्याम्पियन्स लिगको पश्चिम क्षेत्रमा यसपटक साउदी क्लब अल हिलाल, अल इतिहाद र अल फायहा छनोट भइसकेका छन् । अल नासर पनि प्लेअफमा यूएईको शबाब अल अहलीलाई हराएर समूह चरणमा छनोट हुने लक्ष्यमा छ । त्यसो हुँदा मुम्बईको समूहमा साउदी टोली पर्ने सम्भावना छ ।

कुनैपनि समूहमा एकै राष्ट्रका दुई टोली नपर्ने नियम रहेकाले मुम्बईको समूहमा कम्तीमा एक साउदी टोली पर्ने प्रबल सम्भावना छ । अल हिलालमा नेयमार, रुबेन नेभेस, सर्गे मिलिन्कोभिच साभिच, कालीडु कौलीबाली र माल्कम छन् ।

अल इतिहादमा करीम बेन्जेमा, एनगोलो कान्टे, फाबिन्हो, जोटा र रोमारिन्हो आबद्ध छन् । त्यस्तै अल फायहामा भिक्टर रुइज खेलिरहेका छन् । अल नासरले भने प्लेअफ पार गरे क्रिस्टियानो रोनाल्डो, साडियो माने, लगायत खेलाडी भारत आउने सम्भावना रहन्छ ।

अल नासरले २२ अगस्टमा च्याम्पियन्स लिगमा स्थान बनाउन प्लेअफ खेल खेल्नेछ । उक्त खेलमा पराजित भएको अवस्थामा भने टोलीले दोस्रो श्रेणीको प्रतियोगिता एएफसी कप खेल्नुपर्ने हुन्छ । प्लेअफ जितेमा भने टोली च्याम्पियन्स लिगको समूह चरण खेल्न छनोट हुनेछ ।

समूह चरणको ड्र अगस्ट २४ मा हुने तालिका रहेको छ । हरेक समूहमा ४ टोली हुनेछन् र शीर्ष टोलीसँगै उत्कृष्ट ३ उपविजेताले नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणमा सहभागी टोलीले होम एण्ड अवेका आधारमा १८ सेप्टेम्बरदेखि १३ डिसेम्बरसम्म ६ खेल खेल्नेछन् ।

त्यसो त नेपालको मछिन्द्र फुटबल क्लबले प्लेअफ चरण पार गरेर एएफसी कपको समूह चरणमा पुगेको भए भविष्यमा एसियाका शीर्ष क्लबको सामना गर्ने सम्भावना थियो । तर मोहन बगानविरुद्ध प्लेअफको दोस्रो चरणमा हारेसँगै नेपालको यस सिजनलाई त्यो सम्भावना सकिएको छ ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.