default_image

1 year ago

August 16, 2023

प्लेअफ फाइनल पुग्न मछिन्द्र र मोहन बगान खेल्दै

2604 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको छनोट अन्तर्गत प्लेअफको फाइनलमा पुग्न मछिन्द्र फुटबल क्लबले बुधबार मोहन बगानसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे भारतको कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ । खेलका लागि मछिन्द्र आइतबार नै कोलकाता पुगिसकेको छ । टोलीले कोलकातामै दुई प्रशिक्षण सेसन पनि गरिसकेको छ ।

मछिन्द्रका लागि आजको खेलमा क्यामरुनी फरवार्ड मेसुके ओलोमोउ टोलीमा समावेश हुनेछन् । नेपालमा भएको पहिलो चरणका लागि उनी कागजी प्रक्रिया नमिल्दा खेल्न पाएका थिएनन् । भारतमा रहेका उनी टोलीसँग कोलकातामा जोडिएका छन् ।

पछिल्लो खेलमा प्लेयर अफ द म्याच चुनिएका विमल घर्ती मगर आफ्नो पूर्व क्लबविरुद्ध खेल्दैछन् । सन् २०१८ मा उनले छोटो समय मोहन बगानका लागि खेलेका थिए । त्यसयता मोहन बगानले इन्डियन सुपर लिगमा स्थान बनाइसकेको छ ।

मंगलबार भएको पहिलो प्लेअफमा भुटानको पारो फुटबल क्लबलाई हराएपछि मछिन्द्र दोस्रो चरणका लागि छनोट भएको हो । मछिन्द्रले पारोलाई ३-२ अन्तरले पराजित गरेको थियो । टोलीका लागि विमल घर्ती मगर, आयुष घलान र ओलावाले अफिजले १-१ गोल गरेका थिए ।

नयाँ सिजनको तयारीमा रहेको मोहन बगानले शनिबार डुरान्ड कपको समूह चरण खेलमा छिमेकी प्रतिद्वन्द्वी इस्ट बंगालसँग १-० को हार बेहोरेको थियो । उक्त खेलमा मुख्य खेलाडी भने सबै उपस्थित थिएनन् ।

मोहन बगान र मछिन्द्रबीच खेलको विजेताले फाइनलमा माल्दिभ्सको क्लब इगल्स र बंगलादेशको ढाका अबहानीबीच विजेतासँग खेल्नेछ । उक्त फाइनलको विजेताले सिधै समूह चरणमा स्थान पक्का गर्नेछ । समूह चरणमा भारतको ओडीसा र माल्दिभ्सको माजियाको स्थान पक्का भइसकेको छ ।

बंगलादेशको बसुन्धारा किंग्स पनि च्याम्पियन्स लिगको प्लेअफ पार गर्न नसक्दा समूह चरणमा खेल्ने भएको छ । मंगलबार भएको प्लेअफमा टोलीले शारजाह एफसीसँग २-० को हार बेहोरेको थियो ।

पूर्ण टोली :

गोलरक्षक (३) : विशाल श्रेष्ठ, प्रदिप भण्डारी, लुज महर्जन

डिफेन्डर (६) : सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक

मिडफिल्डर (५) : आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बु, दिपेश घले र उत्सव राई

फरवार्ड (९) : विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, मेसुके ओलोमोउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रेजिन सुब्बा र विजय भुजेल

मुख्य प्रशिक्षक : किशोर केसी

सहायक प्रशिक्षक : सन्तोष न्यौपाने

फिजियो : सुरज भुषाल

व्यवस्थापक : अनिल श्रेष्ठ

सहायक व्यवस्थापक : शिरिष श्रेष्ठ

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.