default_image

1 year ago

August 15, 2023

लिगको पहिलो खेलमै अल नासरको हार

4192 views

0 Bookmark

एजेन्सी – यसै साता मात्र अरब क्लब कपको उपाधि जितेको अल नासरले साउदी प्रो लिगको पहिलो खेलमा हार बेहोरेको छ ।

सोमबार राती भएको खेलमा अल इतिफकले अल नासरलाई २-१ ले पराजित गरेको हो । स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको अल इतिफकले सुरुवाती समयमा नै पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित हासिल गरेको हो ।

नियमित कप्तान क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा अल नासरलाई साडियो मानेले अग्रता दिलाएका थिए । उनले खेलको चौथो मिनेटमा नै सानदार सुरुवात दिलाए । तर त्यसपछि उनका पूर्व सहकर्मी जोर्डन हेन्डरसन सम्मिलित अल इतिफकले पुनरागमन गर्यो ।

दोस्रो हाफको ४७ औं मिनेटमा रोबिन क्वेजनले अल इतिफकका लागि बराबरी गोल फर्काए । ५३ औं मिनेटमा गोलरक्षक नवाफ अल अकिदीको गल्तीमा मौसा डेम्बेलेले गोल गरे । नवाफले क्रसमा आएको बल फुस्काएपछि डेम्बेलेले गोल गरेका थिए ।

लिगको पहिलो चरणमा अल इतिहादले अल राएदलाई ३-० ले पराजित गर्दा अल हिलालले अभामाथि ३-१ को जित निकाल्यो । त्यसअघि शुक्रबार रोबर्टो फिर्मिनोको ह्याट्रिकमा अल आहलीले अल हाजमलाई ३-१ ले हराएको थियो ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.