default_image

1 year ago

August 14, 2023

नेयमार साउदी प्रो लिग क्लबमा जाने

2008 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमार साउदी प्रो लिग खेल्ने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी प्रो लिग टोली अल हिलालबीच नेयमारलाई लिएर सम्झौता भएको छ ।

९० मिलियन युरो र थप बोनससहित नेयमारलाई भित्राउन अल हिलाल तयार भएको हो । ३१ वर्षे नेयमारसँगको सम्झौता स्वास्थ्य परिक्षण र कागजी प्रक्रियापछि पूरा हुने बताएको छ ।

नेयमार सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमान रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका थिए । शनिबबार लोरियन्टसँग लिग वानको टोलीको पहिलो खेलमा नेयमार पिएसजीमा समावेश थिएनन् । टोलीका नयाँ प्रशिक्षक लुइस इन्रिकेले पनि नयाँ सिजनका लागि नेयमार आफ्नो योजनामा नरहेको बताएका थिए ।

नेयमारले अल हिलालबाट बार्षिक १ सय ५० मिलयन युरो प्राप्त गर्नेछन् । जुन रकम पिएसजीको भन्दा छ दोब्बर रहेको छ । पिएसजीमा १ सय ७३ खेल खेल्ने क्रममा उनले १३ उपाधि जितेका थिए । जस उनी ५ पटक लिग वान च्याम्पियन बनेका थिए । सन् २०२० मा नेयमार सम्मिलित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

पिएसजीमा रहँदा उनी अनेकौं पटक चोटग्रस्त भएका थिए । उनको गत मार्च शल्यक्रिया भएको थियो भने त्यसपछि उनी सिजनभर मैदान बाहिर रहेका थिए । जुलाईबाट उनी अभ्यासमा फर्केका थिए । सन् २०२२ को विश्व कपमा पनि पहिलो खेलमा चोट ग्रस्त भएपछि उनले दुई खेल गुमाएका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.