8 years ago
January 14, 2017
लण्डन (एजेन्सी) – चिनियाँ सुपर लिगबाट ठुलो रकमको प्रस्ताव आए लगतै पछिल्ला ३ दिन प्रशिक्षणमा अनुपस्थित रहेका चेल्सीका स्ट्राइकर डिएगो कोस्टालाई लेस्टर सिटी बिरुद्धको खेलमा प्रशिक्षक कोन्टेले स्थान नदिने भएका छन्।
चिनबाट ठुलो रकमको प्रस्ताब आए पछी चेल्सीका कोस्टा विश्वकै सबैभन्दा महँगा खेलाडीमध्य एक हुने अवसर पाएका छन । उक्त प्रस्ताव आए लगतै कोस्टाको चेल्सीका फिटनेस कोचसंग खटपट परेपछी कोन्टेले उनलाई टोलीमा नराखेको लोकल मिडियाहरुले जनाएका छन्।
फर्ममा रहेका कोस्टाले चेल्सी छाडेर चीन गए क्लबको उपाधी जित्ने लक्ष्यमा ठुलो चोट पुग्ने विश्लेषकहरुले बताएका छन । यस सिजन १४ गोल गर्दै प्रीमियर लिगका उच्च गोल गर्ने खेलाडीलाई गुमाउनु चेल्सिको लागी ठुलो घाटा हुनेछ ।
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रश्मिकुमारी घिसिङको ४ गोलमा एपिएफ क्लबले एन्फा महिला लिगको अन्तिम चरणको खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई सहजै हराएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमवार एपिएफले वालिङमाथि ९-० को सहज जित निकालेको हो । एपिएफले अन्तिम चरणमा लगातार दोस्रो जित हात पारेको हो । एपिएफलाई फराकिलो जित दिलाउँन रश्मिले ४, सरु लिम्बु र […]
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज वालिङ नगरपालिकाले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेको एपिएफ जितको लयलाई निरन्तरता दिन चाहान्छ । पहिलो खेलमा एपिएफले बागमती युथ क्लबलाई पराजित गरेको थियो । पहिलो […]
January 6, 2025
एजेन्सी – सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई बराबरीमा रोकेको छ। लिगमा सन् १९७९ पछि लगातार चौथो हारलाई रोक्ने क्रममा युनाइटेडले लिभरपुलसँग आइतवार २-२ को बराबरी खेलेको हो । अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दैै युनाइटेडलाई अंक दिलाएका हुन्। खेलमा अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन । […]