default_image

1 year ago

August 12, 2023

इन्टर मायमी लिग्स कपको सेमिफाइनलमा

4998 views

0 Bookmark

एजेन्सी – चार्लोट एफसीमाथि फराकिलो जितका साथ इन्टर मायमी लिग्स कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

कप्तान लिओनेल मेस्सीले लगातार पाँचौ खेलमा गोल गर्दै प्रभावशाली प्रदर्शन गर्दा इन्टर मायमीले ४-० को जितका साथ अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा मायमीका लागि जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले १-१ गोल गरे । अर्को गोल आत्मघाती गोल थियो ।

खेलको १२ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै मायमीलाई अग्रता दिलाए । ३२ औं मिनेटमा टेलरले प्रतियोगिताको चौथो गोल गरे । डेआन्द्रे यडलिनको पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरे ।

७८ औं मिनेटमा अदिल्सन मालान्दाले आत्मघाती गोल गर्दा मायमी फाइनलनजिक पुगेको थियो । तर ४ मिनेट समय बाँकी रहँदा मेस्सीले प्रतियोगिताको आठौं गोल गरे । उनले जोसे काम्पानाको पासलाई पहिलो टचमै गोल गरेका थिए ।

मायमीले अब सेमिफाइनलमा फिलाडेल्फिया युनियन र क्वेरेटारोको विजेतासँग खेल्नेछ । अर्को क्वाटरफाइनलमा नाशभिलले मिनेसोटा युनाइटेडलाई ५-० ले हराएको थियो । नाशभिलले लास एन्जलस एफसी र मोन्टेरेको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.