default_image

1 year ago

August 11, 2023

चेल्सी एनएमबी-कपअन यू १४ फुटबल च्याम्पियन

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चेल्सी इन्टरसेनल स्कुल एनएमबी-कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बुढानिलकण्ठ नगरपालिका– १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा शुक्रबार भएको फाइनलमा मनकामना सेकेन्डरी स्कुललाई १–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

चेल्सीका स्ट्राइकर आदित्य शाहले फाइनलको एकमात्र गोल गरे । उनले २० मिनेटको खेलको दोस्रो हाफको अन्त्यतिर गोल गरेका हुन् । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा रिब्स ( रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले ब्रम्हकुञ्जलाई १–० ले परािजत ग¥यो ।

त्यसअघि सेमिफाइनलमा चेल्सीले ब्रम्हकुञ्जलाई २–१ र मनकामनाले रिब्सलाई ४–० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा चेल्सीले जोसेफ हाईस्कुललाई २–०, मनकामनाले वेदव्यासलाई ३–०, रिब्सले लिभिङ वर्डलाई २–१ र ब्रम्हकुञ्जले माउन्ट ग्लोरीलाई गोलरहति बराबरीपछि पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै अन्तिम चारमा पुगेका थिए ।

संघीय सांसद एवम् पूर्वमन्त्री गगनकुमार थापा, एनएमबी बैंकका सीईओ (प्रमुख कार्यकारी अधिकृत) सुनिल केसी, डेपुटी सीईओ सुदेश उपाध्याय, भायनेटका चेयरमेन विनय बोहरा, गैरआवासीय नेपाल संघ (एनआरएनए) का सीईओ राजेन्द्र राउत, आयोजक कपअन स्पोर्ट्स सेन्टरका सीईओ एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराई, एन्फका कार्यसमिति सदस्यद्वय मनिष जोशी, रवीन्द्र चन्द, प्रवक्ता सुरेश शाह, राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, गोलकिपर एवम् मछिन्द्र क्लबका कप्तान विशाल श्रेष्ठले ट्रफी, मेडल, प्रमाणपत्र, जर्सी सेटलगायत पुरस्कार वितरण गरे ।

चेल्सीका आदित्य शाह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । चेल्सीकै आयुष यादव उत्कृष्ट गोलकिपर र नकआउट चरणमा चार गोल गरेका मनकामनाका अनिष दंगालले सर्वाधिक गोलकर्ता बने । हाईली क्रिएटिभ स्कुल फेयर प्ले टोली घोषित भयो । लिग कम नकआउटको आधारमा आयोजित तीन दिने प्रतियोगितामा २९ स्कुलका ३० टिमले प्रतिस्पर्धा गरेका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.