default_image

1 year ago

August 11, 2023

एसियन कप खेलाउने केल्मीको ‘भोर्टेक्स’ बल सार्वजनिक

1262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) ले एसियन कप २०२३ मा प्रयोग हुने केल्मीको आधिकारिक बल ‘भोर्टेक्स एसी२३’ सार्वजनिक गरेको छ ।

अर्को वर्ष कतारमा हुने एसियन कपका लागि समूह विभाजन लगायत सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । एएफसीले आफ्नो अधिकारिक किट प्रायोजक केल्मीको बल प्रतियोगिताका लागि विशेष रुपमा तयार पारेको हो ।

बलमा आयोजक राष्ट्र कतारको रंग समावेश गरिएको छ । यस्तै बलको डिजाइनमा प्रतियोगिताको लोगोको झल्कोसँगै मुख्य लोगो बलको मध्यभागमा राखिएको छ ।

बल सार्वजनिक गरेसँगै एएफसीका महासचिव विन्डसर जोनले केल्मीसँग सहकार्यमा बल सार्वजनिक गर्दा निकै खुसी रहेको बताए ।

‘एसियन कपको लामो यात्राजस्तै केल्मीले पनि विश्व खेलकुदमा आफ्नो बेग्लै पहिचान बनाएको छ । हामीलाई विश्वास छ केल्मीको विशेष डिजाइन र आधुनिक प्रविधिमा बनेको यो बलले उच्च स्तरीय खेल प्रस्तुत गर्न सहभागी टोलीलाई सहयोग पुग्नेछ ।’

केल्मीले नेपालमा पनि विभिन्न खेलको राष्ट्रिय टोलीलाई प्रयोजन गर्दै आएको छ । यसअघि राष्ट्रिय फुटबल टोलीको समेत किट प्रायोजक रहेको केल्मी हाल ए डिभिजनमा अधिकांश क्लबको रोजाइ रहेको छ ।

नेपालका लागि केल्मीको अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले एएफसीसँग आवद्धताले ब्राण्डलाई थप सहयोग पुग्ने बताए ।

‘एएफसीसँग जोडिन पाउनु हाम्रो लागि राम्रो अवसर हो । नेपालमा भएका एएफसी प्रतियोगितामा पनि केल्मीको सामग्री प्रयोग हुनुले नेपाली बजारमा विश्वसनीयता बढेको छ । एएफसी कपमा मच्छिन्द्रले पनि हामीसँग सहकार्य गरेको छ,’ उनले भने ।

एसियन कप २० जनवरी देखि १० फेब्रुअरीसम्म कतारमा हुँदैछ । प्रतियोगितामा सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई तथा उत्कृष्ट ४ तेस्रो हुने टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.