default_image

1 year ago

August 11, 2023

स्पेन महिला विश्वकपको सेमिफाइनलमा

643 views

0 Bookmark

वेलिङटन – उपाधि दावेदार नेदरल्यान्ड्समाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै स्पेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

साविकको उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान पक्का गरेको हो । तेस्रो पटक विश्वकप खेलिरहेको स्पेनको यो सबैभन्दा राम्रो नतिजा हो ।

यसअघि स्पेन प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । स्पेनको जितमा मारीओना कालडेन्टे र साल्मा पारालुइलोले गोल गरिन् । नेदरल्यान्ड्सकी स्टेफानी भान डर ग्राटले एक गोल फर्काइन् ।

न्युजिल्यान्डको वेलिङटनस्थित वेलिङटन रिजनल स्टेडियममा शुक्रबार भएको खेलमा स्पेनले बल पोसेसन राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

खेलको ३७औं मिनेटमा एस्तर गोन्जालेजले गोल गरेपनि भिएआरबाट गोलले मान्यता नपाउँदा स्पेन अग्रता लिनबाट चुक्यो ।८१औं मिनेटमा मारीओना कालडेन्टेले पेनाल्टीमा गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् ।

साल्मा पारालुइलोको क्रसलाई पेनाल्टी बक्समा स्टेफानी भान डर ग्राटले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै स्पेनलाई पेनाल्टी प्रदान गर्दा मारीओना चुकिनन् । तर, स्पेनले त्यो अग्रतालाई इन्ज्युरी समयमा जोगाउन सकेन ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा स्टेफानी भान डर ग्राटले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउँदै अतिरिक्त समयमा लम्ब्याइन् ।

उनले भिक्टोरिया पेलोभाको पासमा गोल गर्न सफल भएकी थिइन् । निर्धारित समयको थप गरिएको १२ मिनेमा थप गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा लम्बियो ।

१११आं मिनेटमा साल्मा पारालुइलोले गोल गर्दै स्पेनलाई रोमाञ्चक जित दिलाएर अन्तिम चारको यात्रा तय गराइन् । उनले जेनिफर हर्माेसोको पासलाई सदुपयोग गरिन् । अब स्पेनले सेमिफाइनलमा जापान र स्वीडेनबीचको विजेतासँग खेल्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.