default_image

1 year ago

August 8, 2023

विमल प्लेयर अफ द म्याच घोषित

8980 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र क्लबका फरवार्ड विमल घर्ती मगर एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो फुटबल क्लबविरुद्ध जितमा प्लेयर अफ द म्याच चुनिएका छन् ।

मछिन्द्रको जितमा एक गोल र एक असिस्टसहित उत्कृष्ट प्रदर्शन गरेपछि विमल प्लेयर अफ द म्याच चुनिए । खेलको छैटौं मिनेटमा नै पछि परेको मछिन्द्रलाई अग्रतामा पुर्याउन विमलले ३ मिनेटको अन्तरमा गोल र असिस्ट प्रदान गरेका थिए । त्यसबाहेक खेलमा उनले अन्य अवसर समेत सिर्जना गरेका थिए ।

१२ अ‍ौं मिनेटमा सर्ट कर्नरपछि आयुषको क्रमलाई विमलले हेडरमार्फत गोलमा परिणत गरे । लगत्तै १५ अ‍ौं मिनेटमा विमल र आयुषको सहकार्यमै मछिन्द्रले अग्रता लियो । विमलले पेनाल्टी क्षेत्र भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गरे ।

इन्ज्युरी समयमा विमलले खाली पोस्टमा बललाई पोस्टको दिशा दिन नसक्दा खेल ३-२ मा सकिएको थियो । आशिष चौधरीले दिएको पासमा गोलरक्षक बिट भएपनि विमल दोस्रो टच लिने प्रयासमा चिप्लिन पुग्दा बल प्रहार गर्न सकेनन् ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्ने क्रममा उक्त मिसमा आफ्नो गल्ती भएको स्वीकार्दै पूर्व क्लब मोहन बगानसँग भेटबारे यसो भने:

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.