default_image

1 year ago

August 8, 2023

पारोलाई हराउँदै मछिन्द्र दोस्रो चरणमा

6856 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लब एएफसी कप छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ ।

भुटानको पारो एफसीलाई ३-२ ले हराउँदै मछिन्द्रले पहिलो पटक दोस्रो चरणको यात्रा तय गर्यो । मछिन्द्रका लागि विमल घर्ती मगर, आयुष घलान र अ‍ोलावाले आफिजले १-१ गोल गरे । यसअघिको संस्करणमा श्रीलंकाको ब्लु स्टारसँग पराजित भएको मछिन्द्रले यसपटक भने जित दर्ता गर्यो ।

मछिन्द्रले अब प्लेअफको दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । खेल साउन ३१ गते बुधबार कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ । यो खेलको विजेताले समूह चरणमा स्थान बनाउन बंगलादेशको अवाहानी ढाका र माल्दिभ्सको क्लब इगल्सको विजेतासँग खेल्नेछ ।

दशरथ रंगशालामा खेलको छैटौं मिनेटमा पारोले अग्रता लियो । पेनाल्टी क्षेत्रको बायाँ भागबाट यशी दोर्जीले दिएको पासमा काजुअ‍ोको प्रहार गोल भएको थियो । जापानी फरवार्डको प्रहार गोलरक्षक विशाल श्रेष्ठले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै पोस्टभित्र छिर्यो ।तर मछिन्द्रले पाँच मिनेट नबित्दै खेल बराबरीमा ल्यायो ।

१२ अ‍ौं मिनेटमा सर्ट कर्नरपछि आयुषको क्रमलाई विमलले हेडरमार्फत गोलमा परिणत गरे ।लगत्तै १५ अ‍ौं मिनेटमा विमल र आयुषको सहकार्यमा मछिन्द्रले अग्रता लियो । विमलले पेनाल्टी क्षेत्र भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गरे ।

३९ अ‍ौं मिनेटमा मछिन्द्रका लागि अ‍ोलावाले आफिजले गोल थपे । मिडफिल्डमा अ‍ोमोलाजा करीमले बल जितेपछि सुरु भएको काउन्टर अट्याकमा मछिन्द्रले सुन्दर मुभ सिर्जना गरेको थियो । करीमले अन्तिममा दायाँ विंगबाट दिएको क्रसमा आफिजले हेडरमा गोल गरे ।

५८ अ‍ौं मिनेटमा गोलरक्षक विशालले यसी दोर्जीको प्रहार बचाउँदै मछिन्द्रको २ गोलको अग्रता कायम राखे । ७१ अ‍ौं मिनेटमा एभान्स असान्तेले गोल गर्दै पारोलाई खेलमा फर्काउने संकेत दिए ।

७९ अ‍ौं मिनेटमा करीमको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । लगत्तै अर्कोतर्फ पारोको डरलाग्दो आक्रमण क्रसबार नजिकबाट आकाशियो ।

९० अ‍ौं मिनेटमा कप्तान विशाल ले विश्वस्तरीय बचाउ गर्दै मछिन्द्रको जित पक्का गरे । असान्टेको क्रसमा काजुअ‍ोको ६ यार्ड बक्स भित्रको प्रहारलाई उनले आफ्नो दायाँतर्फ डाइभ दिँदै विफल पारे ।

इन्ज्युरी समयमा विमलले खाली पोस्टमा बललाई पोस्टको दिशा दिन नसक्दा खेल ३-२ मा सकिएको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.