default_image

1 year ago

August 8, 2023

सानदार जितसँगै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

836 views

0 Bookmark

एडिलेड – युजेनी ले सोमेरले दुई तथा काडियाटोउ डिएनीले एक गोलसँगै दुई असिस्ट प्रदान गरेपछि मोरोक्कोमाथि सानदार जित दर्ता गर्दै उपाधि दावेदार फ्रान्स फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम प्रि–क्वाटरफाइनलमा मोक्कोलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फ्रान्सले क्वाटरफाइनलमम स्थान पक्का गरेको हो ।

हिन्दमार्स स्टेडियम एडिलेड अष्ट्रेलियामा मंगलबार भएको खेलमा फ्रान्सको फराकिलो जितमा युजेनी ले सोमेरले दुई तथा काडियाटोउ डिएनी र केन्जा डालीले समान एक गोल गरिन् । पहिलो हाफमा तीन गोल गरेको फ्रान्सले दोस्रो हाफमा एक गोल थप्दै फराकिलो जित पक्का गर्यो ।

पहिलो हाफमा ९ मिनेटको अन्तरमा तीन गोल गर्दै फ्रान्स सहज जिततर्फ अघि बढ्यो । १५औं मिनेटमा पहिलो गोल गरेको फ्रान्सले २३ मिनेट भित्र नै ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

१५औं मिनेटमा काडियाटोउ डिएनीले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाइन् । उनले सकिना कर्चाओइको पासमा गोल गर्न सफल भएकी थिइन् ।

२०औं मिनेटमा केन्जा डालीले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारिन् । उनले काडियाटोउ डिएनीको पासमा गोल गर्न सफल भइन् । २३औं मिनेटमा युजेनी ले सोमेरले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन् । उनले काडियाटोउ डिएनीको पासलाई सदुपयोग गरिन् ।

७०औं मिनेटमा युजेनी ले सोमेरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै फ्रान्सलाई फराकिलो जित दिलाइन् । उनले यसपटक भिकी बेचोको पासमा गोल गर्न सफल भइन् । खेल भर नै फ्रान्सले बल पोसेसन राख्दै मोरोक्कोमाथि लगातार दवाव कायम राख्यो ।

मोरोक्कोले भने काउन्टर अट्याकमा केही आक्रमण बुनेपनि सफल हुन नसक्दा फराकिलो हार बेहोर्न पुग्यो । अब फ्रान्सले क्वाटरफाइनलमा सह आयोजक अष्ट्रेलियासँग खेल्नेछ ।

फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाएसँगै फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड्स, जापान र स्वीडेन, अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्वियाबीच खेल हुनेछ ।

११ अगस्टमा स्पेन र नेदरलन्ड्स तथा जापान र स्वीडेनबीच खेल हुनेछ । १२ अगस्टमा अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्वियाबीच खेल हुनेछ । १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ ।

१९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई ८ समुहमा विभाजन गरिएको थियो ।

आज नै जमैकालाई १–० ले पराजित गर्दै कोलम्वियाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । कोलम्वियाको जितमा दोस्रो हाफमा क्याटलिना उस्मीले गरेको गोल नै निर्णायक बन्यो । उनले ५१औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । उनले एना गुजमनको पासमा गोल गर्न सफल भएकी थिइन् ।

मेलवर्न रेकटेङगुलर स्टेडियम मेलवर्न अष्ट्रेलिया प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन ।

अब कोलम्वियाले क्वाटरफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । इंग्ल्यान्डले सोमबार नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अन्तिम आठमा स्थानमा स्थान बनाइसकेको छ । यि दुई टोलीको खेल १२ अगस्टमा हुनेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.