default_image

1 year ago

August 8, 2023

विमल र आयुष मछिन्द्रको पहिलो रोजाइमा

2116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्ती मगर र आयुष घलान एएफसी कप छनोटको प्लेअफमा मछिन्द्र फुटबल क्लबको पहिलो रोजाइमा परेका छन् ।

भुटानको पारो फुटबल क्लबविरुद्ध दशरथ रंगशालामा हुने खेलका ५:३० बजे सुरु हुनेछ । मछिन्द्रका प्रशिक्षक किशोर केसीले आयुष र विमलसँगै नाइजेरियन फरवार्ड अ‍ोलावाले आफिजलाई उतारेका छन् ।

मिडफिल्डमा एरिक विष्ट र उत्सव राइसँगै आन्द्रेस निया रहेका छन् । डिफेन्समा देवेन्द्र तामाङ, अ‍ोमोलाजा करीम, छिरिङ गुरुङ र सनिश श्रेष्ठ छन् । गोलरक्षकमा कप्तान विशाल श्रेष्ठ छन् ।

मछिन्द्रले एएफसी कपकै लागि अनुबन्ध गरेको आशिष चौधरी र लाकेन लिम्बु बेन्चमा रहेका छन् । मेसुके अ‍ोलोमोउ भने टिम लिस्टमा रहेका छैनन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.