default_image

1 year ago

August 8, 2023

कोलम्विया विश्वकपको क्वाटरफाइनलमा

1109 views

0 Bookmark

मेलवर्न – कोलम्विया अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रि–क्वाटरफाइनलमा जमैकालाई १–० ले पराजित गर्दै अन्तिमा आठमा स्थान पक्का गरेको हो । कोलम्वियाको जितमा दोस्रो हाफमा क्याटलिना उस्मीले गरेको गोल नै निर्णायक बन्यो । उनले ५१औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् ।

मेलवर्न रेकटेङगुलर स्टेडियम मेलवर्न अष्ट्रेलिया प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन ।

तर, ५१औं मिनेटमा क्याटलिना उस्मीले गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाइन् । उनले एना गुजमनको पासमा गोल गर्न सफल भएकी थिइन् । त्यही गोल नै कोलम्वियाको जितमा निर्णायक बन्यो ।

अब कोलम्वियाले क्वाटरफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । इंग्ल्यान्डले सोमबार नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अन्तिम आठमा स्थानमा स्थान बनाइसकेको छ । यि दुई टोलीको खेल १२ अगस्टमा हुनेछ । आज नै अन्तिम प्रि–क्वाटरफाइनलमा फ्रान्स र मोरोक्कोबीच केहीवेरमा प्रतिस्पर्धा हुँदैछ ।

न्युजिल्यान्ड र अष्ट्रेलियाको विभिन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.