default_image

1 year ago

August 8, 2023

नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

1897 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको तयारीका लागि म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालले अक्टोबर दोस्रो साता विश्कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न लाओससँग होम एन्ड अवे पद्दतिमा प्लेअफ खेल्दैछ । उक्त खेलको तयारीका लागि सेप्टेम्बर ८ र ११ मा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दुवै खेल म्यानमारको यांगोनमा हुनेछ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विश्वकप छनोटका लागि प्रारम्भिक टोली पनि घोषणा गरिसकेका छन् । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तयारी पनि सुरु गरिसकेको छ । प्रशिक्षक अनेसे इटाली रहेको अवस्थामा सहायक प्रशिक्षक प्रवेश कटवालले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

क्याम्पमा हाल डुरान्ड कप खेलिरहेको त्रिभुवन आर्मी क्लब र एएफसी कप प्लेअफमा व्यस्त मच्छिन्द्र क्लबका खेलाडी भने छैनन् । आ-आफ्नो खेल सकिएपछि ती खेलाडी पनि राष्ट्रिय टोलीको तयारीमा जोडिनेछन् ।

प्रशिक्षक अनेसेले विश्वकप छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा साफ च्याम्पियनसिप खेलेका ६ खेलाडीलाई बाहिर राख्ने निर्णय लिएका थिए ।

ए डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा उनले टोलीमा खेलाडी छनोट गरेका थिए । साफ खेलेको टोलीबाट गोलरक्षक विशाल श्रेष्ठ, डिफेन्डर निशान खड्का, मिडफिल्डरत्रय पुजन उपरकोटी, नविन लामा र मणि लामा तथा फरवार्ड दिपक राज सिंह ठकुरी यसपटक टोलीमा समावेश भएका छैनन् ।

प्रशिक्षक अनेसेले सुरुवातमा ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेपनि त्यसमा ३ खेलाडी थपेका थिए । उनले युवा खेलाडीलाई प्राथमिकता दिने रणनीति लिएको बताएका छन् ।

३० सदस्यीय प्रारम्भिक टोली :

गोलरक्षक : किरण चेम्जोङ, अनिष देउला, अभिषेक बराल, दिप कार्की

डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, क्रितिश रत्न छुन्जु, सन्तोष खत्री, कुशल फुयाल

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.