8 years ago
January 14, 2017
क्वालालम्पुर (एजेन्सी) – आगामी मार्च महिनाबाट सुरु हुने एएफसी एसियन कपको छनोट चरणको ड्रका लागि एएफसीले वरियता सार्वजनिक गरेको छ।
छनोटमा २२औं वरियता पाएको नेपालसंगै पट’डि’मा मलेसिया, सिङ्गापुर, कम्बोडिया, भुटान र मकाउ रहेका छन्। २४ टोली सहभागी हुने छनोटमा ६ समुहमा चार-चार टोलीलाई विभाजन गरिने प्रावधान रहेको छ। समूह चरणको अन्त्यमा शिर्ष दुइ टोलि एसियनकपका लागि छनोट हुनेछन।
शीर्ष ६ टोली पट ‘ए’मा रहनेछन् भने तलका ६ टोली पट ‘डि’मा रहनेछन्। पट ‘बि’ र ‘सि’मा भने वरियतामा ७-१२ र १३-१८औं स्थानमा रहेको टोली रहनेछन्।
एक समुहमा प्रत्यक पटको १-१टोली समावेश गरेर चार टोली छनोट गरिन्छ। पट ‘ए’ मा जोर्डन, ओमान, फिलिपिन्स, बहराइन, किर्गिस्तान र उत्तर कोरिया रहेका छन् भने पट ‘बि’मा भारतसंगै प्यालेस्टाइन, भिएतनाम, ताजिकिस्तान, हङकङ र तुर्कमेनिस्तान रहेकाछन्। पट ‘सि’मा भने माल्दिभ्स, यमन, लेबनान, अफगानिस्तान, चाइनिज चाइपेई र म्यानमार छन्।
छनोट अन्तर्गत नेपाल र भारत एउटै समुहमा पर्ने सम्भावना बलियो छ। पट ‘डी’मा रहेको नेपाल र पट ‘बि’मा रहेको भारत एकै समुहमा पनि पर्न सक्छन। नेपालको समुहमा भुटान, मकाउ, कम्बोडिया र सिङ्गापुर भने नपर्ने निश्चित छ।
छनोट चरणको पहिलो खेल मार्च २७, २०१७मा हुने पक्का भएको छ।
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]