default_image

1 year ago

August 7, 2023

सानदार पुनरागमनसँगै मायमी क्वाटरफाइनलमा

10980 views

0 Bookmark

एजेन्सी – लियोनल‌ मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी सानदार पुनरागमन जितेका साथ लिग्स कप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एफसी डालासलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै मायमी क्वाटरफाइनलमा प्रवेश गरेको हो । डालासको घरेलु मैदानमा निर्धारित समयको खेल ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

मायमीले सुरुवाती अग्रता लिएपनि त्यसपछि भने डालास खेलमा फर्किएको थियो । ८३ अ‍ौं मिनेटसम्म ४-२ ले अघि रहेपनि ५ मिनेटको अन्तरमा मेस्सीको लगातार दुई फ्रिकिकमा गोल निस्कँदा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलको छैटौं मिनेटमा कप्तान मेस्सीले मायमीलाई अग्रता दिलाएका थिए । लेफ्ट ब्याक जोर्डी अल्बाको कटब्याकलाई मेस्सीले पेनाल्टी क्षेत्र बाहिरबाटै बटम कर्नर भेटे ।

३७ अ‍ौं मिनेटमा फाकुन्डो क्विगननले बराबरी गोल फर्काए । मार्को फार्फानको पासमा उनले गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा बर्नार्ड कामुंगोले डालासलाई अग्रता दिलाए ।

दोस्रो हाफको ६३ अ‍ौं मिनेटमा एलन भेलास्कोले ३५ यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल हुँदा डालास ३-१ ले अघि बढ्यो । त्यसको २ मिनेटपछि अल्बाकै पासमा क्रेमास्कीले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।

तर ६८ अ‍ौं मिनेटमा डालासले अर्को गोल थप्यो । रोबर्ट टेलरले लो क्रस बचाउने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुगे । ८० अ‍ौं मिनेटमा डालासका मार्को फार्फानले पनि आत्मघाती गोल गर्दा मायमीलाई पुनरागमनको बाटो खुल्यो । मेस्सीको फ्रिकिकमा उनको हेडर आफ्नै पोस्टमा गोल भयो ।

८५ अ‍ौं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गर्दै खेल ४-४ को बराबरीमा ल्याए । उनले पेनाल्टी क्षेत्र बाहिर दायाँ भागमा पाएको फ्रिकिकलाई टप कर्नरमा गोल गरे ।

टाइब्रेकरमा मायमीको सबै ५ प्रहार गोल हुँदा डालासका लागि दोस्रो प्रहारमा पाक्सटन पोमीकाल चुकेका थिए । मायमीका लागि मेस्सी, सर्जियो बुस्केट्स, लुइस काम्पाना, कमाल मिलर र क्रेमास्कीले गोल गरे ।

मायमीले अब क्वाटरफाइनलमा भोली हुने ह्युस्टन डाइनामो र चार्लोट एफसीबीच खेलको विजेतासँग खेल्नेछ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.