9 years ago
September 20, 2015
काठमाडौं, असोज ३
साफ यु १९ च्याम्पियनसिपको उपाधि जितेको तीन सातापछि नेपाल एएफसी यु १६ च्याम्पियनसिपको अन्तिम चरणका लागि छनोट भएको थियो । बराबरी गरे समूह बीको विजेता बन्ने मौका हुँदा ओमानसँग अन्तिम खेल ३-१ ले गुमाएपछि नेपालको सम्भावना कमजोर बनेको थियो । समूह विजेता बन्न नसेपनि ११ समूहको उत्कृष्ट उपविजेता बन्दै नेपालससँगै ५ राष्ट्ले अर्को बर्ष भारतमा आयोजना हुने अन्तिम चरणमा प्रवेश पाएका हुन् ।
जोर्डनलाई २-१ ले हराउँदै उत्कृष्ट सुरुआत गरेको नेपालले दोस्रो खेलमा कीर्तिस्तानलाई ४-२ ले निराश पारेको थियो । अन्तिम खेलमा भने नेपाल चुकेको थियो । अर्को खेलमा कीर्गिस्तानले जोर्डनलाई पराजित गरेपछि नेपाल समूह उपविजेता बनेको हो । सबै समूहको खेल सकिएपछि नेपालसहित पाँच राष्ट्को अघिल्लो चरणको यात्रा पक्का भएको थियो । नेपालसहित अन्तिम चरणको आयोजक भारत, संयुक्त अरब इमिरेट्स (युएइ),थाइल्यान्ड र भियतनाम अन्तिम चरण पुग्न सफल उत्कृष्ट उपविजेता हुन् ।
समूहको विजेताका रुपमा जापान, दक्षिण कोरिया, उत्तर कोरिया, अस्ट्ेलिया,मलेसिया, कुवेत, इरान, साउदी अरेबिया, इराक, ओमान र उज्वेकिस्तान स्वतः अन्तिम चरणका लागि छनोट भएका हुन् । अन्तिम चरणमा समूह विजेता ११ र उत्कृष्ट ५ गरि १६ राष्ट्बीच प्रतिस्पर्धा हुनेछ । एएफसी यु १६ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने ४ टोलीले दुई बर्षपछि भारतमै हुने यु १७ को विश्वकप खेल्नेछन् ।
नेपाल यु १६ च्याम्प्यिनसिपको अन्तिम चरणका लागि छनोट भएको यो लगातार दोस्रो र समग्रमा चौथो पटक हो । यसअघि बालगोपाल महर्जनको प्रशिक्षण र विमल घर्ती मगरको कप्तानीमा नेपाल यु १६ को अन्तिम चरणका लागि छनोट भएको थियो । यसपटक यु १६ लाई अर्का राष्ट्यि टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले प्रशिक्षण दिएका छन् । सेप्टेम्बरको अन्त्यमा नेपालले इरानमा हुने एएफसी यु १९ को समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।
February 23, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]
February 23, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]