default_image

8 years ago

January 14, 2017

एसियन कप छनोटको वरियता सार्वजनिक

59 views

0 Bookmark

क्वालालम्पुर (एजेन्सी) – आगामी मार्च महिनाबाट सुरु हुने एएफसी एसियन कपको छनोट चरणको ड्रका लागि एएफसीले वरियता सार्वजनिक गरेको छ।

anil-gurung-or-biraj-maharjan-nepal-captain-football-team

२४ टोली सहभागी हुने छनोटमा नेपाल २२औं स्थानमा परेको छ। २४ टोलीलाई ४ पटमा विभाजित गरेर ‘ड्र’का दिन ६ समुहमा विभाजन गरिने प्रावधान रहेको छ। शीर्ष ६ टोली पट ‘ए’मा रहनेछन् भने तलका ६ टोली पट ‘डि’मा रहनेछन्। पट ‘बि’ र ‘सि’मा भने वरियतामा ७-१२ र १३-१८औं स्थानमा रहेको टोली रहनेछन्।

Asian cup qualifiers draw seeding

नेपालसंगै पट ‘डि’मा मलेसिया, सिङ्गापुर, कम्बोडिया, भुटान र मकाउ रहेका छन्। एकै पटका दुई टोली ड्रमा एकै समुहमा नपर्ने प्रावधान छ। एक समुहमा प्रत्यक पटको १-१टोली समावेश गरेर चार टोली छनोट गरिन्छ।
पट ‘ए’ मा जोर्डन, ओमान, फिलिपिन्स, बहराइन, किर्गिस्तान र उत्तर कोरिया रहेका छन् भने पट ‘बि’मा भारतसंगै प्यालेस्टाइन, भिएतनाम, ताजिकिस्तान, हङकङ र तुर्कमेनिस्तान रहेकाछन्। पट ‘सि’मा भने माल्दिभ्स, यमन, लेबनान, अफगानिस्तान, चाइनिज चाइपेई र म्यानमार छन्।
ग्वामले आर्थिक अवस्थाको कारण देखाउँदै छनोटमा भाग नलिएपछि नेपालको भाग्य खुलेको थियो भने कुवेत फिफाको निलम्बनमा पर्दा सोलिडारीटि कपको उपविजेता मकाउले मौका पाएको हो। छनोट चरणको ड्र जनवरी २३ तारिखमा हुनेछ।

September 21, 2024

बुद्धशान्तिमा झापा मिडिया कप फुटबल हुने

हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिमा बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापा मिडिया कप २०८१ हुने भएको छ । प्रेस क्लब बुद्धशान्तिले नेपालीहरुको महान चाड बडादसैँको अवसर पारेर जिल्लाका प्रेस क्लबहरुबीच मिडिया कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा झापाका छवटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम […]

September 21, 2024

महिला लिग – पुलिस र वालिङ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिग,मा अपराजित विभागीय टोली नेपाल पुलिस क्लबले शनिवार वालिङ नगरपालिकासँग खेल्दैछ । लिगमा शनिवार हुने दोस्रो खेलमा पुलिस र वालिङ खेल्दैछन् । दशरथ रंगशालामा खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । पुलिस र वालिङको समान ६ खेलमा समान १२ अंक छ । गोलअन्तरले। पुलिस तेस्रो र वालिङ चौथो स्थानमा […]

September 21, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । चौथो खेलमा दोस्रो जित निकाल्नेक्रममा नासरले शुक्रवार अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गर्यो । नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, एन्डसन टलिस्का र सलिम अलनाज्दिले समान १ गोल गरे । नासरका लागि रोनाल्डोले ३३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । […]

Success

Thank you for your time.