default_image

1 year ago

August 5, 2023

म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

1251 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब आरसी लेन्सलाई पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलको पहिलो हाफमा १-० ले पछि परेको स्थितिबाट दोस्रो हाफमा पुनरागमनका साथ युनाइटेडले ३-१ को जित दर्ता गरेको हो । युनाइटेडका लागि मार्कस रासफर्ड, एन्टोनी र क्यासेमिरोले १-१ गोल गरे ।

लेन्सले खेलको २३ औं मिनेटमा फ्लोरियन सोटोकाको गोलमा अग्रता लिएको थियो । मैदानको मध्यभागबाट उनले गरेको प्रहारमा गोलरक्षक आन्द्रे ओनाना बिट भएका थिए । मिडफिल्डमा युनाइटेडले बल फुस्काएपछि सोटोकाले सिधै पोस्टमा प्रहार गरेका थिए ।

दोस्रो हाफको ४९ औं मिनेटमा युनाइटेडले बराबरी गोल फर्कायो । एन्टोनीको पासमा रासफर्डले पेनाल्टी क्षेत्रबाट फिनिस गर्दै खेललाई १-१ को स्थितिमा ल्याए ।

त्यसको ४ मिनेटपछि नै एन्टोनीले आफैं गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । क्यासेमिरोले ५९ औं मिनेटमा अर्को गोल थप्दै युनाइटेडको जित पक्का गरे ।

युनाइटेडले अब भोली मैत्रीपूर्ण खेलमा एथ्लेटिक बिल्बाओसँग खेल्नेछ । त्यसपछि टोलीले अगस्ट १५ मा लिगको पहिलो खेलमा वल्भ्सको सामना गर्नेछ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.