default_image

2 years ago

August 3, 2023

एन्फालाई क्लबहरुको ध्यानाकर्षण पत्र

685 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारकको तीन तहका क्लबहरुले आफूले पाउनु पर्ने रकम छिटो उपलब्ध गराउन अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएका छन् ।

सहिद स्मारक ए,बी र सी डिभिजनका २६ क्लबले बिहीबार संयुक्त रुपमा एन्फा महासचिव किरण राईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझाउने टोलीमा एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरमा थिए । क्लबहरुका अनुसार उनीहरुले २०७७/७८ तथा २०७९/८० को लिगको तयारी रकम पाउन बाँकी छ ।

‘फुटबलको मेरुदण्डको रूपमा रहेको लिगलाई आर्थिक प्राविधिक, भौतिक र व्यवस्थित रुपमा विकास गरी आर्थिक पारदर्शिता गरी आर्थिक स्रोतको ग्यारेन्टी गरेर मात्रै खेल सञ्चालन गर्नुपर्नेमा आश्वासनको भरमा खेल सञ्चालन गरेर खेल सम्पन्न भएको महिनौं बित्दा पनि पुरानो र नयाँ प्रतियोगिताको निम्नानुसार रकमहरु हालसम्म उपलब्ध भएको छैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

क्लबहरुको अनुसार एन्फाले ‘ए’ डिभिजन क्लबहरुलाई २०७७ /७८ को लिगमा ९७ लाख ५० हजार तथा २०७९/८० को लिगमा २ करोड ४५ लाख गरी कुल ३ करोड ४२ लाख ५० हजार रुपैयाँ दिन बाँकी छ । त्यस्तै ‘बी’ डिभिजन लिगका क्लबहरुलाई पनि एन्फाले २०७७/७८ को लिगमा ९१ लाख तथा २०७९/८० को लिगमा ३५ लाख गरि १ करोड २६ लाख रुपैयाँ पाउन बाँकी छ । एन्फाबाट ‘सि’ डिभिजन क्लबहरुले पनि २०७७/७८ लिगको ४० लाख ५० हजार पाउन बाँकी छ ।

दुईवर्ष अघिको लिगको मनाङ मस्र्याङ्दी क्लबबाहेकका क्लबबले ७ लाख ५० हजार तथा पछिल्लो लिगको सबै क्लबको १७ लाख ५० हजार तयारी खर्च एन्फाबाट पाउन बाँकी छ । त्यस्तै ‘बी’ डिभजनका प्रत्येक क्लबले ६ लाख ५० हजार र ‘सि’ डिभिजनमा क्लबले ४ लाख ५० हजार पाउन बाँकी रहेको बताइएको छ ।

February 5, 2025

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]

February 5, 2025

पूर्व विजेता एपिएफ पनि आहा राराबाट बाहिरियो

पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

Success

Thank you for your time.