default_image

1 year ago

August 2, 2023

बार्सिलोनाले मिलानलाई हरायो

195 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रि सिजनको मैत्रीपूर्ण खेलमा इटालियन क्लब एसी मिलानलाई पराजित गरेको छ ।

विंगर अन्सु फातीले दोस्रो हाफमा गरेको एकमात्र गोलको सहयोगमा बार्सिलोनाले मिलानलाई पराजित गरेको हो । उनले खेलको ५५ औं मिनेटमा गोल गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए ।

फातीले पेनाल्टी क्षेत्र भित्रबाट दर्शनीय गोल गरेका थिए । उनले दायाँ भागमा डिफेन्डरलाई बिट गर्दै फार पोस्टमा गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसअघि बार्सिलोनाको पटक पटकको प्रयासमा गोलरक्षक माइक माइगनानले बचाएका थिए ।

बार्सिलोनाले यसअघि प्रि सिजनको खेलमा रियल म्याड्रिडलाई ३-० ले पराजित गरेको थियो । त्यसअघि आर्सनलसँग ५-३ को हार बेहोरेको बार्सिलोनाले भिसेल कोबेलाई २-० ले हराएको थियो । बार्सिलोनाले अब अगस्ट ८ मा जोआन गाम्पर ट्रफीका लागि टोटेनहमसँग खेल्नेछ । त्यसपछि लिगको पहिलो खेल अगस्ट १४ मा गेटाफेसँग हुनेछ ।

यता एसी मिलान यसअघि युभेन्टससँग २-२ को बराबरीपछि टाइब्रेकरमा हारेको थियो । त्यसअघि इटालियन क्लबले रियल म्याड्रिडसँग ३-२ को हार बेहोरेको थियो । मिलानले अब अगस्ट ९ मा ट्रेन्टो र अगस्ट १३ मा नोभारासँग खेल्नेछ । लिगको पहिलो खेल अगस्ट २२ मा बोलोग्नासँग रहेको छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.