default_image

2 years ago

August 2, 2023

माने पनि रोनाल्डोकै क्लबमा अनुबन्धित

295 views

0 Bookmark

एजेन्सी – विंगर साडियो माने जर्मन क्लब बायर्न म्युनिख छाडेर साउदी अरबको अल नासरमा अनुबन्धित भएका छन् ।

बायर्नले मंगलबार एक विज्ञप्तिमार्फत दुई क्लबबीच मानेको ट्रान्सफरका लागि सहमति भएको जनाएको छ ‌। गत सिजन बायर्नबाट जर्मन लिग जितेका सेनेगलका स्टार माने जम्न भने सकेनन् । आन्तरिक द्वन्द्वकै कारण क्लबले उनलाई बेचेको हो ।

मानेले अब अल नासरमा रोनाल्डोसँग आक्रमणमा साझेदारी गर्नेछन् । रोनाल्डो गत जनवरीमा साउदी गएसँगै युरोपका शीर्ष क्लबबाट अन्य खेलाडी पनि त्यसतर्फ आकर्षित हुन थालेका छन् । अल नासरले इन्टर मिलानबाट मार्सेलो ब्रोजोभिच, म्यानचेस्टर युनाइटेडबाट एलेक्स टेलेस र लेन्सबाट सेको फोफाना भित्र्याइसकेको छ ।

मानेकै पूर्व क्लब लिभरपुलबाट कप्तान जोर्डन हेन्डरसन, रोबर्टो फिर्मिनो र फाबिन्हो पनि साउदी पुगेका छन् । ब्यालोन डि’अर विजेता करीम बेन्जेमा, चेल्सीका एनगोलो कान्टे पनि साउदी क्लबबाट खेल्दैछन् ।

गत साता म्यानचेस्टर सिटीका रियाद माहरेज पनि साउदी आएपछि प्रशिक्षक पेप गुआर्डीअ‍ोलाले युरोपेली क्लबले यसबारे शतर्क हुनुपर्ने धारणा राखेका थिए ।

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

March 13, 2025

न्यु स्टार माछापोखरी हिटी गोल्डकपको उपाधि

हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]

Success

Thank you for your time.