default_image

1 year ago

August 1, 2023

इन्टरले पिएसजीलाई हरायो

432 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले प्रि सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेको छ ।

खेलमा सुरुवाती अग्रता लिएपनि पिएसजीले अन्तिम समयमा लगातार दुई गोल खाँदा हार बेहोरेको हो । अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीको प्रस्थानपछि पिएसजीले मैत्रीपूर्ण खेलमा लगातार तेस्रो खेलमा जित हासिल गर्न सकेन ।

युवा फरवार्ड किलीयन एमबाप्पेलाई फ्रान्समै छोडेर जापान भ्रमणमा आएको पिएसजीले यस टुरमा कुनै खेल जित्न सकेको छैन । अल नासरसँग गोलरहित बराबरी खेल्दै सुरु भएको टुरको दोस्रो खेलमा पिएसजी सेरेजो ओसाकासँग पराजित भएको थियो ।

मंगलबारको खेलमा भिटीन्हाले ६३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर सबास्टियन एस्पोजिटोले ८१ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको २ मिनेटपछि नै स्टेफानो सेन्सीले मिलानलाई अघि बढाएका थिए ।

ब्राजिलियन फरवार्ड नेयमार पूरा समय बेन्चमा रहेको खेलमा पिएसजीका लागि मार्को एसेन्सियो, कार्लोस सोलर र भिटीन्हाले आक्रमण सम्हालेका थिए । डिफेन्समा यसै सिजन आएका लुकास हर्नान्डेज र मिलान स्क्रिनियारसँग अक्रफ हाकिमी र मार्किन्हसले सुरुवात गरेका थिए । गोलरक्षकमा जियानलुइजी डोनारुम्मा नै थिए ।

पिएसजीले अब एसियाली टुरको अन्तिम खेलमा अगस्ट ३ तारिखमा जिओनबुकसँग खेल्नेछ । त्यसपछि क्लबले अगस्ट १३ मा फ्रान्सेली लिगको पहिलो खेलमा लोरिएन्टको सामना गर्नेछ ।

इन्टर मिलानले भने अल नासरसँग १-१ को बराबरी खेलेपछि पिएसजीलाई हराएको हो । अब प्रि सिजनको अन्तिम खेलमा इन्टरले अगस्ट ९ मा आरबी साल्जबर्गको सामना गर्नेछ । लिगको पहिलो खेलमा इन्टरले अगस्ट २० तारिखमा मोन्जासँग प्रतिस्पर्धा गर्नेछ ।

October 30, 2024

तामाङले मुख्य प्रशिक्षक पद त्यागे

काठमाडौं (हाम्रो खेलकुद) – राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको‌ पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। ‘अब महिला राष्ट्रिय टोली हेर्दिन’, उनले भने ,’सायद अब क्लब हेर्छु होला ।’ तामाङको नेतृत्वमा महिला टोलीले गत […]

October 30, 2024

नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन

सुबास हुमागाईं, काठमाडौं साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा […]

October 30, 2024

फाइनलको पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो […]

Success

Thank you for your time.