default_image

1 year ago

August 1, 2023

सावित्रा इजरायल प्रस्थान

391 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छिन् । उनी नेपालबाट युरोपेली लिग खेल्ने पहिलो खेलाडी बन्ने संघारमा छिन् ।

इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा अनुबन्धित सावित्रा मंगलबार विहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनी मंगलबार साँझ इजरायल पुग्ने तालिका रहेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीकी सर्वाधिक गोलकर्ता रहेकी सावित्राले एक सिजनका लागि रानानासँग सम्झौता गरेकी हुन् । उनले राष्ट्रिय ४५ खेलमा ४४ गोल गरेकी छिन् । नेपाल एपिएफ क्लबबाट घरेलु लिगमा लगातार च्याम्पियन बनेकी उनले भारतीय लिगमा पनि सफलता हासिल गरेकी छिन् ।

भारतीय शीर्ष डिभिजन लिगमा तहल्का मच्चाएपछि उनको चर्चा चुलिएको थियो । सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन् ।

सावित्राले पहिलो पटक एसियाबाहिर खेल्न लागेकी हुन् । उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.