default_image

1 year ago

July 31, 2023

क्यानडालाई हराएर अष्ट्रेलिया समूह विजेता

391 views

0 Bookmark

मेलवर्न – सह–आयोजक अष्ट्रेलिया समूह विजेता बन्दै फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा क्यानडालाई ४–० को भारी गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया समूह विजेता बनेर अन्तिम १६ मा पुग्न सफल भएको हो ।

अष्ट्रेलियासँगको हार र अर्काे खेलमा नाइजेरिया र आयरल्यान्डले गोलरहित बराबरी खेलेपछि क्यानडा भने समुह चरणबाटै बाहिरिएको छ । क्यानडालाई नकआउट चरण पुग्न बराबरी नै पर्याप्त हुने भएपनि पराजित हुँदा बाहिरिन पुग्यो ।

अष्ट्रेलियाको मेलवर्नस्थित मेलवर्न रेक्टेङगुलर स्टेडियममा सोमबार भएको खेलमा अष्ट्रेलियाको जितमा हेली रासोले दुई तथा मारी फोलेर र स्टेफ क्याट्लेले समान एक गोल गरिन् ।

समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा अष्ट्रेलियाले सानदार प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । खेलको सुरुवातदेखि नै आक्रमक खेल खेलेको अष्ट्रेलियाले नवौं मिनेटमा रासोको गोलबाट अग्रता लिन सफल भयो ।

३४औं मिनेटमा मारी फोलेरले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा अष्ट्रेलिया अग्रता लिनबाट चुक्यो । ३९औं मिनेटमा हेली रासोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन् । ५८औं मिनेटमा मारी फोलेरले गोल गर्दै अष्ट्रेलियालाई ३–० ले अघि बढाइन् ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा स्टेफ क्याट्लेले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियालाई ४–० का सानदार जित दिलाइन् । पेनाल्टी बक्समा जेसी फ्लेमिङले काटरिना गोरीलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै अष्ट्रेलियालाई पेनाल्टी प्रदान गर्दा स्टेफ चुकिनन् ।

यस जितसँगै अष्ट्रेलिया समुह ‘बी’ मा ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित क्यानडा ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नाइजेरिया ५ अंक जोडेर उपविजेता हुँदै अघिल्लो चरण प्रवेश गर्न सफल हुँदा आयरल्यान्डले १ अंक बटुल्यो ।

यही समूहको अर्काे खेलमा आयरल्यान्ड र नाइजेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । ब्रिसवन स्टेडियम ब्रिसवनमा सोमबार भएको खेलमा आयरल्यान्डले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकियो । यस बराबरीसँगै नाइजेरिया समूहमा अपराजित रह्यो ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.