default_image

1 year ago

July 31, 2023

मनिषले थाइल्याण्डको दोस्रो श्रेणी लिग खेल्ने

374 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका विंगर मनिष डाँगीले थाइल्याण्डको दोस्रो श्रेणीको क्लब रायोङ फुटबल क्लबसँग सम्झौता गरेका छन् ।

मनिषले नयाँ सिजनका लागि रायोङसँग १ वर्षे सम्झौता गरेको क्लबले जनाएको छ । गत सिजन १८ टोली सम्मिलित दोस्रो डिभिजन लिगको सातौं स्थानमा रहेको टोलीले शीर्ष डिभिजनमा उक्लने लक्ष्यसहित उनलाई अनुबन्ध गरेको हो ।

मनिषले क्लबबाट एक मैत्रीपूर्ण खेल खेल्दै एक असिस्ट पनि प्रदान गर्दै प्रभाव देखाएका थिए । उक्त खेलमा रायोङ २-१ ले विजयी रहेको थियो ।

मनिषले गत सिजन नेपालको ए डिभिजन लिगमा संकटा क्लबबाट खेलेका थिए । उनले २४ खेलमा २३ खेल सुरुवात गर्दै ४ गोल र २ असिस्ट प्रदान गरेका थिए । राष्ट्रिय टोलीबाट २२ खेल खेलेका मनिषले हालसम्म २ गोल गरेका छन् । उनी लाओसविरुद्ध थ्री नेसन्स कपको फाइनलमा पनि गोल गर्न सफल रहेका थिए ।

मनिषले त्यसअघि बहराइनको अल रिफ क्लबमा पनि केहि समय बिताएका थिए । त्यसअघि मच्छिन्द्र क्लबबाट ए डिभिजन लिगको उपाधि जितेका मनिषले नेपाल सुपर लिगमा विराटनगर सिटी फुटबल क्लबको जर्सी पनि लगाएका थिए । उनले सी डिभिजनमा खालीबारी युवा क्लबबाट नेपाली फुटबलमा प्रवेश गरेका थिए ।

*यसअघि मनिष थाइ लिग खेल्ने दोस्रो खेलाडी हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.