default_image

1 year ago

July 27, 2023

विश्वकप छनोट : नेपालले लाओससँग खेल्ने

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि भएको एसियाली छनोटको प्लेअफ चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा भएको ड्रमा नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने तालिका निस्किएको हो । अक्टोबरमा हुने दुई लेगको छनोटपछि नेपालको भविष्यको टुंगो लाग्नेछ । पहिलो लेग अक्टोबर १२ र दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ ।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोली सहित कुल ३६ टोलीलाई ४-४ टोलीको ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा खेल्नेछन् ।

प्रारम्भिक प्लेअफमा सहभागी टोलीलाई दुई पटमा विभाजन गरिएको थियो । पट १ मा २७ देखि ३६ स्थानको टोली छन् भने पट २ मा ३७ देखि ४६ स्थानका टोली हुनेछन् । पट १ का टोलीले पट २ को टोलीको सामना गर्दैछन् ।

प्लेअफका अन्य खेल :

अफगानिस्तान विरुद्ध मंगोलिया

माल्दिभ्स विरुद्ध बंगलादेश

सिंगापुर विरुद्ध गुआम

यमन विरुद्ध श्रीलंका

म्यानमार विरुद्ध मकाउ

कम्बोडिया विरुद्ध पाकिस्तान

चाइनिज ताइपेइ विरुद्ध टिमोर लिस्टे

इन्डोनेसिया विरुद्ध ब्रुनाई

हङकङ विरुद्ध भुटान

नेपाल विरुद्ध लाओस

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.