default_image

1 year ago

July 25, 2023

एमबाप्पेबिनाको पिएसजीले अल नासरविरुद्ध गोल गर्न सकेन

226 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली स्टार किलीयन एम्बाप्पेलाई फ्रान्समै छोडेर प्रि सिजनको मैत्रीपूर्ण खेलका लागि जापान आएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मंगलबार भएको मैत्रीपूर्ण खेलमा साउदी क्लब अल नासरसँग गोलरहित बराबरीमा रोकिएको छ ।

एमबाप्पेले सम्झौता नविकरण गर्न नमानेका कारण पिएसजीले उनलाई एसिया भ्रमण गर्ने टोलीमा समेटेको छैन । जसकारण पिएसजीको आक्रमण पनि निकै फितलो देखिएको छ । मंगलबार अल नासरविरुद्ध क्लब गोलरहित बराबरीमा रोकिएको थियो ।

पिएसजीले आफ्ना मुख्य खेलाडी उतारेपनि अल नासरविरुद्ध गोल गर्न सकेन । पिएसजीका लागि ब्राजिलियन फरवार्ड नेयमार पूरा समय बेन्चमै रहेका थिए । अल नासरका लागि रोनाल्डोले ६६ मिनेट खेले । उनले प्रि-सिजनको तीनै खेलमा गोल गरेका छैनन् । मंगलबारको खेलमा इटालियन गोलरक्षक जियानलुइजी डोनारुम्माले रोनाल्डोको दुई प्रहारमा उत्कृष्ट बचाउ गरेका थिए ।

प्रि-सिजनमा निकै खराब प्रदर्शन गरिरहेको अल नासरले तेस्रो खेलमा हार टारेको हो । यसअघि अल नासर सेल्टा भिगोसँग ५-० र बेन्फिकासँग ४-१ ले पराजित भएको थियो । अब अल नासरले बिहीबार इन्टर मिलानको सामना गर्दैछ ।

यता पिएसजीले भने शुक्रबार जापानकै सेरेजो ओसाकासँग खेल्दैछ । त्यसपछि क्लबले मंगलबार इन्टर मिलान र बिहीबार जिओनबुकसँग खेलेर प्रि सिजन अन्त्य गर्नेछ ।

एमबाप्पेको अवस्थाले पिएसजीको प्रदर्शनमा पनि असर परेको देखिन्छ । क्लबले उनलाई नयाँ सम्झौता गर्न वा अन्य क्लबको प्रस्ताव स्वीकार्न दबाब दिइरहेको छ । साउदी क्लब अल हिलालले एमबाप्पेलाई अनुबन्ध गर्न ३ सय मिलियन युरोको प्रस्ताव राखिसकेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.