default_image

8 years ago

January 12, 2017

रेडियो नेपाल मिडिया कपको सेमिफाइनलमा

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–रेडियो नेपाल आठौं मिडिया कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘बी’ को लिगमा बिहीबार रेडियो नेपालले अन्नपूर्ण पोष्टसंग गोलरहित बराबरी खेलेको थियो ।

unnamed

तीन टोली रहेको समूहबाट गोलअन्तरका आधारमा रेडियो नेपाल सेमिफाइनलमा पुगेको हो । त्यो समूहबाट इमेज च्यानल विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । यसअघिको लिग खेलमा इमेजले अन्नपूर्णलाई ३–० तथा रेडियो नेपाललाई ४–२ गोलले हराएको थियो । अन्नपूर्णका गोलरक्षक सरोज वैजु बिहीबारको खेलमा ‘म्यान अफ द म्याच’ चुनिए । प्रतियोगितामा शुक्रबार समूह ‘ए’ को लिग खेलमा एपी वान टेलिभिजन र नेपाल टेलिभिजन (एनटिभी) तथा साविक विजेता कान्तिपुर मिडिया ग्रुप र एभिन्युजबीच प्रतिस्पर्धा हुनेछ ।

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

January 11, 2025

एपिएफको लगातार चौथौ जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]

Success

Thank you for your time.