2 years ago
July 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युवा क्लबका प्रशिक्षक सुनिल श्रेष्ठ र संकटाका रविन्द्र सिलाकारलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले उमेर समूहका राष्ट्रिय टोली सम्हाल्ने जिम्मेवारी सुम्पिएको छ ।
प्रशिक्षक श्रेष्ठलाई एन्फाले नेपाल यू-१९ राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी दिएको हो । श्रेष्ठले यसअघि सन् २०१५ मा नेपालले साफ यू-१९ च्याम्पियनसिपको उपाधि जित्दा बालगोपाल महर्जनको सहायकको रुपमा काम गरेका थिए ।
जारी सिजन जावलाखेल युवा क्लबले उच्च प्रदर्शन गर्दा उनी टोलीको प्रशिक्षक थिए । यसपटक उनलाई जावलाखेलकै पूर्व खेलाडी सचिन्द्र धिमालले सहायकको रुपमा सघाउनेछन् । सातदोबाटो युवा क्लबका गोलरक्षक प्रशिक्षक राजु सिंह र व्यवस्थापक दिवाकर घले पनि टोलीमा छन् ।
नेपालले सेप्टेम्बर २१ देखि ३० सम्म प्रतियोगिता आयोजना गर्दैछ । खेल दशरथ रंगशालामा हुनेछ । नेपाल यस प्रतियोगितामा माल्दिभ्स र पाकिस्तान रहेको समूहमा छ ।
यस्तै यू-१६ उमेर समूहमा रविन्द्र सिलाकार प्रशिक्षक रहेका छन् । थ्री स्टार क्लबको पूर्व प्रशिक्षक रहेका उनी यस सिजन संकटालाई रेलिगेसनबाट जोगाउन अन्तिम समयमा संकटमोचक बनेका थिए ।
सिलाकारलाई सिताराम घिमिरेले सहायक प्रशिक्षकको रुपमा सघाउनेछन् भने आर्मीका पूर्व खेलाडी गंगाराम देउजा गोलरक्षक प्रशिक्षक रहनेछन् ।
प्रतियोगिता सेप्टेम्बर १ देखि १० सम्म भुटानमा हुनेछ । नेपालको समूहमा भारत र बंगलादेश छन् ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]