default_image

1 year ago

July 24, 2023

जर्मनीको सानदार जित

337 views

0 Bookmark

मेलवर्न – कप्तान अलेक्जेन्ड्रा पपको उच्च प्रदर्शनमा जर्मनीले फिफा महिला विश्वकप फुटबलमा सानदार जित दर्ता गरेको छ ।

जर्मनीले अफ्रिकी राष्ट्र मोरोक्कोमाथि ६–० को सानदार जितसँगै सुखद् सुरुवात गरेको हो । जर्मनीको सानदार जितमा कप्तान अलेक्जेन्ड्रा पपले दुई तथा क्लारा भुल र लिआ सुलले समान एक गोल गरिन् । जर्मनीले दुई गोल उपहार पाएको थियो ।

अष्ट्रेलियाको मेलवर्नस्थित मेलवर्न रिक्टेङगुलर स्टेडियममा सोमबार गोलको वर्षा भएको खेलको ११औं मिनेटमा कप्तान अलेक्जेन्ड्रा पपको गोलबाट जर्मनीले गोलको खाता खोल्यो । उनले काथरिन जुलिया हेन्डरिचको पासमा गोल गर्न सफल भएकी थिइन् ।

३९औं मिनेटमा अलेक्जेन्ड्रा पपले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै जर्मनीलाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । यसपटक उनले क्लार भुलको पास गोल गर्न सफल भएकी थिइन् ।

४६औं मिनेटमा क्लाराले गोल गरेपछि जर्मनी खेलमा ३–० ले अघि बढ्यो । उनले जुल ब्रान्डको पासलाई सदुपयोग गरेकी थिइन् । ५४औं मिनेटमा हानानीले एइट इल हाजले आत्मघाती गोल गरेपछि जर्मनीदेलमा ४–० को फराकिलो अग्रता लिन सफल भयो ।

७९औं मिनेटमा मोराक्कोका यास्मिन म्राबेटले अर्काे आत्मघाती गोल गरेपछि जर्मन फराकिलो जिततर्फ अघि बढ्यो । जर्मनी यतिमै रोकिएन । ९०औं मिनेटमा लिआले गोल गर्दै जर्मनीलाई ६–० को फराकिलो जित दिलाइन् ।

एकपल्टको च्याम्पियन तथा दुई पटकको उपविजेता जर्मनीविरुद्ध मोरोक्कोले कुनै पनि समय गतिलो आक्रमण बुन्न सकेन । जर्मनीले खेलमा ७४ प्रतिशत बल पोसेसन राख्दै दवाव बढाउँदा मोरोक्को आफ्नै हाफमा निकै व्यस्त बन्यो ।

यस जितसँगै जर्मनीले समूह ‘एच’ मा ३ अंक जोडेको छ । मोरोक्कोले हार बेहोर्दा यो समुहमा कोलम्विया र दक्षिण कोरियाले खेल्न बाँकी छ ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.