default_image

1 year ago

July 24, 2023

मिलानमाथि रियलको रोमान्चक जित

148 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले प्रि सिजनको मैत्रीपूर्ण खेलमा इटालियन क्लब एसी मिलानमाथि रोमान्चक जित हासिल गरेको छ ।

पहिलो हाफमा २-० ले पछि परेको रियलले दोस्रो हाफमा ३ गोल फर्काउँदै खेल जितेको हो । खेलको २५ औं मिनेटमा फिकायो टोमोरीले मिलानलाई अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा लुका रोमेरोले अग्रता दोब्बर पारे । उनले जुनिअर मेसिअसको स्थानमा मैदान प्रवेश गरेको १० मिनेटमै पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए ।

दोस्रो हाफका लागि रियलले ८ खेलाडी परिवर्तन गरेसँगै पुनरागमनको बाटो खुलेको थियो । फेडे भालभर्डेले ५७ औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्कने संकेत दिए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षकले गल्ति गर्दा गोल भएको थियो ।

त्यसको दुई मिनेट नबित्दै उनले व्यक्तिगत दोस्रो गोलका साथ खेल बराबरीमा ल्याए । मिलानको डिफेन्सको गल्तीको फाइदा उठाउँदै उनले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए ।

मिलानले पनि त्यसपछि आफ्नो पहिलो रोजाइमा उत्रिएका बाँकी १० खेलाडी परिवर्तन गर्यो । तर खेलको ५ मिनेट बाँकी रहँदा रियलले विजयी गोल फर्कायो ।

ब्राजिलियन विंगर भिनीसियस जुनियरले गोल गरेका थिए । उनले लुका मोड्रीचले आफ्नो हाफको मध्यभागबाट दिएको लामो पासलाई गोलमा परिणत गरे । सुरुमा डिफेन्डरलाई बिट गरेका उनले वन भर्सेस वनमा सहजै फिनिस गरे ।

रियलले अब जुलाई २७ मा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.