default_image

1 year ago

July 22, 2023

साविक विजेता अमेरिकाको विजयी सुरुवात

154 views

0 Bookmark

अकल्यान्ड – सोफिया स्मिथले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि साविक तथा चार पल्टको च्याम्पियन अमेरिकाले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुवात गरेको छ ।

अमेरिकाले भियतनाममाथि ३–० को जितसहित विजयी सुरुवात गरेको हो । अमेरिकाको सहज जितमा सोफिया स्मिथले दुई तथा लिन्डसे होरानले एक गोल गरिन् । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।

न्युजिल्यान्डको अकल्यान्ड स्थित इडेन पार्कमा शनिबार भएको खेलको १४औं मिनेटमा सोफियाको गोलबाट अमेरिकाले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले एलेक्स मोर्गानको पासमा गोल गर्न सफल भएकी थिइन् । ४४औं मिनेटमा एलेक्स मोर्गान पेनाल्टीमा चुक्दा अमेरिका अग्रता दोब्बर पार्नबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा सोफियाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अमेरिकालाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । ७७औं मिनेटमा लिन्डसे होरानले गोल गर्दै अमेरिकालाई ३–० को सहज जित दिलाइन् ।

चार पल्टको च्याम्पियन अमेरिकाले सन् १९९१, १९९९, २०१५ र २०१९ मा उपाधि जितेको छ । अमेरिका सन् २०११ मा उपविजेता समेत हो ।

यस जितसँगै समुह ‘ई’ मा अमेरिकाले एक खेलबाट ३ अंक बटुलेको छ । पराजित भियतनाम अंक विहीन छ । भियतनामले एकपल्ट पनि बलियो अमेरिकाविरुद्ध खतरायुक्त आक्रमण बुन्न सकेन ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.