default_image

1 year ago

July 22, 2023

अन्यौलमा यू-१६ लिग

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत साता सुरु भएको एन्फा यू-१६ युथ लिग दोस्रो साता सुरु नहुँदै अन्यौलमा परेको छ । एन्फा प्रतियोगिता आयोजनामा गम्भीर नभएको भन्दै सहभागी क्लबले लिग नखेल्ने निर्णय गरेका छन् ।

पहिलो साताको खेलमा न्यु रोड टिम (एनआरटि) ले त्रिभुवन आर्मी क्लबलाई ५-१ को अन्तरले हराएको थियो । उक्त खेलमा एनआरटिका एक खेलाडी १६ वर्षभन्दा बढी रहेको भन्दै आर्मीले उजुरी दिएको थियो । एन्फाले छानविन गरेर उक्त खेलाडीको उमेर बढी भएको र त्यसअनुसार आर्मीलाई ३-० ले विजयी गराएको थियो ।

शनिबार विहान एनआरटिले विज्ञप्ति जारी गर्दै एन्फाले आफ्नो अपिलको सुनुवाई नगरेको भन्दै प्रतियोगिता नै नखेल्ने निर्णय लिएको छ । एन्फाले राम्रोसँग छानविन नगरेको र सहभागी खेलाडीलाई नै असर पर्ने निर्णय लिएको क्लबले जनाएको छ । एनआरटिले आज दिउँसो खुमलटारसँग खेल्ने तालिका रहेको थियो ।

यसबाहेक मनाङ मर्स्याङ्दी क्लबले पनि मच्छिन्द्रविरुद्ध हुने खेलमा उपस्थिति जनाएन । शनिबारको खेलका लागि मच्छिन्द्रका खेलाडी वार्मअप गरेपनि मनाङ भने मैदानमै पुगेको छैन । क्लब पदाधिकारीका अनुसार एन्फाले राखेको बैठकमा जिम्मेवार पदाधिकारी नै उपस्थित नभएपछि क्लबले लिगको खेल नखेल्ने निर्णय गरेको हो ।

नियमावली अनुसार नै खेलाडी दर्ता भएपनि हरेक खेलपछि उजुरी पर्ने हुँदा एन्फालाई क्लबले सबै खेलाडीको एमआरआइ गर्न आग्रह गरेको थियो । तर एन्फाले यसबारे गम्भीर चासो नलिएपछि क्लबहरु असन्तुष्ट बनेका थिए ।

स्रोतका अनुसार एनआरटि, मनाङ, संकटा, चर्च ब्वाइज, खुमलटार र फ्रेन्ड्सले एन्फासँग छलफल गरेर निर्णय लिएपछि मात्र सहभागिता जनाउने निर्णय गरेका छन् ।

सहभागी १० मध्य ६ क्लबले असन्तुष्टि जनाएसँगै लिग नै अन्यौल हुने देखिएको छ ।

September 20, 2024

एपिएफको जितमा रश्मिको ५ गोल

काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो । एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा […]

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

Success

Thank you for your time.