default_image

1 year ago

July 20, 2023

आयोजक न्युजिल्यान्डको विजयी सुरुवात

196 views

0 Bookmark

एजेन्सी – आयोजक मध्येको एक न्युजिल्यान्डले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुवात गरेको छ ।

घरेलु टोली न्युजिल्यान्डले नर्वेलाई १–० ले पराजित गर्दै समूह ‘ए’ मा विजयी सुरुवात गरेको हो । न्युजिल्यान्डको जितमा दोस्रो हाफमा हानह विल्किन्सनले गरेको गोल नै निर्णायक बन्यो ।

न्युजिल्यान्डस्थित अकल्यान्डको इडेन पार्कमा बिहीबार भएको प्रतिस्पर्धात्मक रोमाञ्चक बनेको खेलमा विल्किन्सनले खेलको ४८औं मिनेटमा ज्याकलिन हान्डको पासमा गोल गर्न सफल भएकी थिइन् ।

अन्तिम समयमा न्युजिल्यान्डको अग्रता दोब्बर पार्ने मौका पाएपनि रिया पर्सिभलले पेनाल्टी चुकाइन् । टुभा हान्सेनलले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा हान्डको पेनाल्टी क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

यस जितसँगै न्युजिल्यान्डले एक खेलबाट ३ अंक बटुलेको छ । पराजित नर्वे अंकविहीन छ । त्यसअघि नवौं संस्करणको विश्वकपको इडेन पार्कमा भव्य उद्घाटन गरिएको थियो । स्थानीय कलाकार न्युजिल्यान्डका र अष्ट्रेलियाका मल्लराटले उद्घाटन समारोहमा महिला विश्वकपको लागि आधिकारिक गीत प्रस्तुत गरेका थिए ।

अब न्युजिल्यान्डले २५ जुलाईमा फिलिपिन्स र ३० जुलाईमा स्वीट्जरल्यान्डसँग खेल्नेछ । नर्वेले २५ जुलाईमा स्वीट्जरल्यान्ड र ३० जुलाईमा फिलिपिन्ससँग खेल्नेछ ।

आज नै विश्वकपको दोस्रो खेलमा समूह ‘बी’ तर्फ अर्काे आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ८ बजेपछि एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

न्युजिल्यान्ड र अष्ट्रेलियाको विभन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.